एक लाखको धनमालसहित पाँच पकेटमार पक्राउ


२०७१ साउन २३ गते 
निमुसंगम घर्ती
२३ साउन, दाङ । दाङमा प्रहरीले पाँच जना पकेटमारलाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुरको गुम्राहचोकमा शुक्रबार दिउँसो जाँच गर्नेक्रममा पाँच जना युवाहरुको साथबाट करिब एक लाख मूल्य बराबरको धनमाल समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा तुलसीपुर-४ का २३ बर्षीय हरिबहादुर नेपाली, सोही ठाउँका २५ बर्षीय पुरन नेपाली, २६ बर्षीय रमेश नेपाली, ३० बर्षीय दिपक नेपाली र तुलसीपुर-६ का ३७ बर्षीय दिनेश गुप्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी चक्रराज जोशीले जानकारी दिए ।
उनीहरुको साथबाट ३१ हजार ८० रुपैयाँ नेपाली र २० हजार ९ सय ४० रुपैयाँ भारु गरी ६४ हजार ५ सय ८४ रुपैयाँ बरामद गरिएको उनले जानकारी दिए । त्यस्तै २० हजार ५ सयको मंगलसुत्र र दुई वटा १७ हजार ५६ रुपैयाँको झुम्का समेत बरामद भएको छ । उक्त सुन न्यू सोनी गहना घर बागेश्वरी नेपालगञ्जबाट सल्यानकी सुशीला वलीले किनेको र एक हप्ता अघि बाँकेबाट सल्यान जाँदै गर्दा लुटिएको हुन सक्ने डिएसपी जोशीलेे बताए । सुनसँगै बिल पनि भेटिएपछि प्रहरीले सुन पसल र सुन धनीलाई सम्पर्क गरेको जनाएको छ ।
यसैगरी पक्राउ परेका युवाहरुको साथबाट विभिन्न मोडेलका ९ थान मोबाइलपनि बरामद भएको छ । पक्राउ परेका मध्ये एक जना यसअघि पनि सार्वजनिक अपराध मुद्दामा कारबाहीमा परि केही समय पहिले छुटेको प्रहरीले जनाएको छ । गाडिमा यात्रा गर्दा र अन्य भिडभाडको समयमा उनीहरुले पकेट मार्नुका साथै झोलाहरु चोर्ने गतिविधि गर्दै आएको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment