प्रेम सुनार
गुल्मी, भदौ–६ । सदरमुकाम तम्घामा दुई सस्थाले आज संयुक्त रुपमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रेसुङ्गा म्युजिक प्रा.लि. जोरपाटी काठमाण्डौंका आयोजना र अमरकल्याण महिला विकास वहुउद्देश्य सहकारी संस्था तम्घासको सह–आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले हरितालिका तीज महिलाहरुले मनाउने महान चाड भए पनि पछिल्लो चरण महिलाले भन्दा पुरुषहरुले मनोरञ्जन लिएर मनाउने गरेको बताए । तीज गीत नाचमा बढ्दो बिकृतिलाई ईङ्गित गर्दै उनले मौलिक संस्कृतिलाई जर्गेना गर्न सवै पक्ष जुट्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका सह–सचिव बुद्धि जिसी, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द नेकपा मालेकी निर्मला पोखरेल, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, आशा अपाङ्ग केन्द्रकी प्रवन्धक गंगा रायमाझी लगायतको आतिथ्यता थियो ।
खुल्ला तीज गीत प्रतियोगितमा १७ वटा समुह सहभागी भएको आयोजक संस्थाका अध्यक्ष तथा कलाकार सन्तु थापाले बताए । मौलिक तीज गीत संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियो । अमरकल्याण महिला विकास वहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष गंगा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका हिमकला रानाको उद्घोषण रहेको थियो ।
फेरी पनि खानीगाउँका महिलाहरु नै प्रथम
केहि दिन अघि आयोजित तीज गीत प्रतियोगीतामा प्रथम पुरस्कार विजेता तम्घास खानीगाउँका महिलाहरुले नै आजको प्रतियोगितामा पनि प्रथम पुरस्कार हाता पारेका छन् । रेसुङ्गा म्युजिक प्रा.लि. जोरपाटी काठमाण्डौंका आयोजना र अमरकल्याण महिला विकास वहुउद्देश्य सहकारी संस्था तम्घासको सह–आयोजनामा आज तम्घासको वाल मन्दिरमा सम्पन्न खुल्ला तीज गीत प्रतियोगिामा प्रगतिशिल महिला उद्यमी समुह तम्घास खानीगाउँका महिलाहरुले प्रथम पुरस्कार हाता पारेका हुन् ।
केहि दिन अघि गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको तीज प्रतियोगितामा ८ हजार राशीको प्रथम पुरस्कार हाता पारेको उनिहरुले आज ७ हजार राशीको प्रथम पुरस्कार हाता पारेका छन् । पुरस्कार प्राप्ता गरे पछि समुहकी अध्यक्ष श्यामकला भलामी लगायतका सहभागि खुशीले रमाएका थिए ।
त्यस्तै ५ हजार राशीको द्धृतिय पुरस्कार सिर्जनशिल बाख्रापालन समुह रेसुङ्गा नगरपालिका १ र २ धागीथुमका महिलाहरुले हाता पारेका छन् । त्यस्तै सिर्जनशिल महिला समुह खानीगाउँले ३ हजार राशीको तितृय पुरष्कार प्राप्त गरेका छन् । १ हजार राशीको सान्तवान पुरष्कार जनज्योति आमा समुह धागीथुमले प्राप्त गरेका छन् । त्यस्तै नृत्यमा उत्कृष्ट भएकी विनिता पोखरेल रोकाले १ हजार पुरस्कार जितेकी छन् । प्रथम पुरस्कारको प्रायोजक राज ईन्जिनियर क्याम्पस रोड तम्घास भएको आयोजक संस्थाका अध्यक्ष सन्तु थापाले बताए । निर्णायक मण्डपमा महेश काउछा, सिता भुसाल लगायत रहेका थिए ।
तस्वीरः मगर चेली भेषभुषामा प्रथम पुरस्कार विजेता महिलाहरु । रातो राडीमा द्धृतिय पुरस्कार विजेता र कार्यक्रमका केहि झलकहरु
0 comments:
Post a Comment