अर्घाखाँचीका कृषक वाघ र वाँदरबाट आतंकित

प्रेम सुनार गुल्मी, साउन ३०। 
अर्घाखाँचीका केहि गाविसका कृषकहरु वाँदर र स्थानिय तहमा वाघ भनिने चितुवाबाट आंतकित बनेका छन् । अर्घातोषका समाचार सहयोगी दिपेन्द्र श्रेष्ठका अनुसार मेरङ्ग, भगवती,, अर्घातोष, छत्रगञ्ज र खनदह लगायतका गाविका कृषकरु दिनभरी वाँदर खेद्दैमा दिक्क छन् भने राती वाख्रा जोगाउन खोर कुरेर जागराम वस्ने गरेका छन् । दिनमा वाँदरले खेती खाई दिने र रातीमा चितुवाले वाख्रा आक्रमण गरेपछि त्यहाँका वासीन्दाहरुलाई निकै समस्या सिर्जना भएको श्रेष्ठ बताउँछन् । स्थानिय रघु श्रेष्ठका अनुसार यस साउन महिनामा मात्रै अर्घातोष र भगवती गाविसमा ९ वटा खसी, २ वटा गाई , ४ वटा पाडा र दुई दर्जन भन्दा बढि कुखराहरु चिुुतुवाले खाई सकेको छ । दिउँसै पनि गोठाले कै अगाडी वाख्रालाई चितुवाले आक्रमण गर्न थाले पछि गाउँवासी त्रसित छौं – श्रेष्ठले भने प्रहरी प्रशासनको सहयोगको अपेक्षा गरेका छौं ।  वाँदर र चिुतुवाको आक्रमण रोक्न अर्का स्थानियवासी शंकर प्रसमद पाण्डेले समेत प्रशासन संग आग्राह गरेको दिपेन्द्र श्रेष्ठ बताउँछन् ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment