कोइराला सिटौलासँग किन रुष्ट बनेको भन्ने यकिन कारण भने खुल्न सकेको छैन् । तर, पछिल्लो समयमा कोइरालाले सिटौलासँगको दूरी बढाउँदै लगको छन् । दूरी यति बढिसकेको छ कि नातेदारहरुको घेरामा रहेका प्रधानमन्त्री कोइरालाले महामन्त्री पदबाट सिटौलालाई हटाएर डा. शेखर कोइराला वा डा. शशांक कोइरालालाई ल्याउने सोच बनाएको घटना र विचार साप्ताहिकमा खबर छ ।
स्वास्थ्यस्थिति कमजोर रहेको र आफ्नो जिन्दगी तलमाथी भएमा कोइरालाहरु पार्टीमा पदाधिकारी कोही पनि नहुने ‘गम्भीर अवस्था’ उत्पन्न हुने भएकाले उनले शेखर वा शशांकलाई महामन्त्री बनाउने निष्कर्षमा पुगेको स्रोतले बताएको छ । कुनै कोइरालालाई महामन्त्री बनाउनु परेकाले सिटौलासँग सुशील कोइराला टाढिएका हुन् वा टाढिनुका अन्य कारण छन् भन्ने बुझ्न सकिएको छैन् ।- पत्रिकामा उल्लेख छ । तर सुशील आफन्तहरु माझ सिटौलालाई विदेशीको मान्छेको रुपमा टिप्पणी गर्न थालेका छन् ।
पार्टीभित्र कोही विदेशीसँग निकट भए पनि उनी कोइराला परिवारभित्रैबाट हुनुपर्ने धारणा राख्छन् । त्यसैले कोइराला भारत भ्रमणमा जाँदा पनि भतिजा-भतिजीलाई मात्र लिएर गएका थिए ।
0 comments:
Post a Comment