भट्टराईले भने, यसलाई अस्विकार गर्न सकिँदैन
प्रकाशित मिति: 5:58:39 pm, August 21, 2014
काठमाडौं, भदौ ५ – मधेशलाई अलग देश बनाउने अभियानमा लागेका सीके राउतले एमाआवादीका नेता एवं संवाद समितिका सभापति डा.बाबुराम भट्टराई समक्ष नयाँ बन्ने संविधानमा सो प्रावधान राख्न माग गरेको आग्रह गरेका छन ।
संविधान निर्माणका लागि सल्लाह सुझाव लिन मधेशी नागरिक समाज र बुद्धिजिविहरुसँग बिहिबार सिंहदरबारमा बोलाएको बैठकमा सिके राउतले संविधानमै अलग हुने अधिकारको व्यवस्था राखियो भने हतियार उठाउने संभावना हुँदैन, त्यसैले अगामी संविधानमा यसको व्यवस्था हुनुपर्ने माग राखे ।
राउतले यस प्रकारको प्रावधान विभिन्न देशहरुमा रहेका उदाहरण पनि दिएका थिए । उनले क्यानडा, अष्टे«लिया, बेलायतलगायतको देशमा यस्तो प्रावधान रहेको हुनाले नेपालमा पनि हुनुपर्ने कुरामा जोड दिएका थिए । संविधान निर्माणपछि देशमा शान्ति हुन्छ, सबैले यसलाई स्वीकार गर्छन् भने कुराको के ग्यारेण्टी छ, उनले प्रश्न गर्दै भने, देशमा हतियार उठाउन, पृथकतावादी तथा हिंसात्मक आन्दोलनहरु रोक्नका लागि भएपनि यो प्रावधान संविधानमा राख्नुपर्छ ।’
त्यसको जवाफमा सभापति भट्टराईले यो कुरा त्यति नजायज होइन तर परिवर्तित समाजको चेतनाले यो कुरालाई कति स्वीकार गर्छन् त्यसमा भरपर्ने कुरा रहेको प्रतिकृया दिएका थिए । संविधानमा यस्तो प्रावधान राख्नका लागि देशको धेरै कुरामा ख्याल राख्नुपर्ने भएकाले यसलाई अस्वीकार गर्न सकिँदैन तर यो व्यापक छलफलको विषय रहेको प्रतिकृया उनले दिएका थिए ।
अमेरिकाबाट वैज्ञानिकको जागिर छाडेर नेपाल छिरेका सिके राउत अलग मधेशको अभियानमा लागेका छन् । अर्थात् देश टुक्राउने आन्दोलनमा लागेका सिके राउतलाई डा.भट्टराईले फोन गरेर बोलाएर सिंहदरवारमै वार्ता गर्नुले पनि सविधान निर्माणमा शंका उब्जिएको कार्यक्रममा सहभागि एक मधेशी बुद्धिजिविले बताए ।

सप्तरीमा बस्दै आएका सिके राउतलाई भट्टराईले बारम्बार फोन गरेर काठमाडौं बेलाए । सिंहदरबारमा बैठक बस्नुअघि भट्टराई र राउतबीच एकघण्टा कुराकानी भएको थियो । र भोली (शुक्रबार) पनि सीके राउत र भट्टराईबीच छुट्टै बैठक रहेको स्रोतले जनाएको छ ।
सो छलफलमा राउतसहित बुद्धिजिवि सीके लाल, तुलानारायण साह, पत्रकार रामकुमार कामतलगायतका थिए भने नेताहरुमा विजयकुमार गच्छदार र महन्थ ठाकुरको पनि उपस्थिति थियो ।

0 comments:
Post a Comment