अमेरिकामा इबोलाको सफल उपचार अफ्रिकामा भने सङ्क्रमण फैलिँदै



मोनरोभिया, भदौ ६ – 
अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न गरिएको समाचार छ ।
सो उपचारपछि उक्त सङ्क्रमणबाट सङ्क्रमित दुई जना बिरामी निको भएरै घर फर्किएका बताइएको छ ।
लाइबेरियामा कार्यरत दुई जना अमेरिकी नागरिक सो सङ्क्रमणबाट सङ्क्रमित भएका र उनीहरुलाई हवाईजहाजमा विशेष व्यवस्थाका साथ अमेरिकाको एटलान्टामा ल्याई उपचार गरिएको थियो ।
ती दुई नागरिकलाई एटलान्टाको एक अस्पतालमा शिशाको विशेष कक्षमा बन्द काठोका रुपमा राखेर उपचार गरिएको र निको भएपछि उनीहरु बिहीबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उता पश्चिमी अफ्रिकी मुलुकहरुमा भने निकै ठूलो मात्रामा सङ्क्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । हाल ती देशमा यस सङ्क्रमणको त्रास दिन प्रतिदिन फैलिइरेको छ ।
उनीहरुमा दिनानुदिन सङ्मण फैलिँदै गएको र उपचारको खोजीमा कयौं प्रयासहरु भएका बताइएको छ ।
तर यस सङ्क्रमणलाई निकोपार्ने अहिलेसम्मकै सबैभन्दा भरपर्दाे विकल्पका रुपमा यो नयाँ औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताका बारेमा भने केही बताइएको छैन ।
दुई अमेरिकी चिकित्सक केन्ट ब्रान्टी र नान्सी रिटबलले सो सङ्क्रमणको औषधि पत्ता लगाएका हुन् । नान्सी ३३ वर्षीय र रिटबोल ६० वर्षीय चिकित्सक हुन् ।
अफ्रिकाका विभिन्न देशहरुबाट सङ्क्रमण सुरु भई एकहजार भन्दा बढी नागरिकको ज्यान गएपछि अमेरिकामा गरिएको यो प्रयासले सफलता हासिल गरेको बताइएको छ ।
यो सङ्क्रमणबाट अहिलेसम्ममा कम्तीमा पनि एक हजार ३५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
लाइबेरियामा रहेका ती दुई अमेरिकनलाई सो सङ्ंक्रमणले छोएपछि उनीहरुलाई लिन चिकित्सककै समूह पुगेको थियो ।
तीन हप्ताअघि ती दुई जनालाई विशेष विमानबाट अमेरिकाको एटलान्टा लगिएको थियो । हवाईजहाज चढ्नुअघि पनि उनीहरुलाई चिकित्सकले प्रारम्भिक औषधि दिएका थिए ।
एटलान्टाको अस्पतालमा उनीहरुलाई तीन हप्तासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो ।
उपचारपछि निको भएर घर फर्किएका ती दुई बिरामीले आगामी दिनमा सो इबोला भाइरस जनस्वास्थ्यको समस्याका रुपमा नरहेको प्रमाणित गरेका छन्– सो अस्पतालका निर्देशक ब्रस रिबनरले बताए ।
यो सङ्क्रमणको त्रास यतिबेला विश्वव्यापी रुपमा नै फैलिएको छ । जसका कारण विश्वका विभिन्न देशका वैज्ञानिकहरु पनि यसको औषधि पत्ता लगाउने प्रयासका लागि जुटेका छन् ।
यो सङ्क्रमणबाट सबैभन्दा बढी पीडित देश लाइबेरिया हो । सो देशमा मात्र यस सङ्क्रमणबाट ५७६ जनाको ज्यान गइसकेको छ ।
त्यसका साथै गुयना र सेनेगलमा पनि सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । त्यस्तै अन्य अफ्रिकी देशहरुमा पनि यसको सङ्क्रमण बढ्दो मात्रा रहेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि यस समस्यालाई अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याका रुपमा लिइएको जनाएको छ ।
साथै यस सङ्क्रमणको नियन्त्रणक पहिलो प्रयासका लागि भन्दै सो संगठनले १० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक कोष स्थापना गरिसकेको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment