बालिका बलात्कार अभियोगमा बालक पक्राउ

२०७१ भदौ १ गते 
कृष्ण ओझा
१ भदौ, पाँचथर । एक बालिकालाई बलात्कार गरेको अभियोगमा लूम्फावूग गाविस-  का १५ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनकै गाउँकी एक ६ वर्षीया बालिकालाई बुधवार बलात्कार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले फकाएर मकैबारीमा लगी बलातकार गरेको बालिकाले अभिभावकलाई बताएकी थिइन् । बालिकाले पिशाव फेर्न असजिलो मानेपछि स्वास्थ्य चौकीमा जचाउँदा बलात्कार भएको खूलेको हो ।
आरोपित बालकलाई नवमीडाँडा प्रहरी चौकीले शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बालकलाई आवश्यक कारबाहीका लागि सुधारगृहमा पठाइने जिल्ला बाल अधिकार अधिकतृ सरस्वती सिवाकोटीले वताइन् ।




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment