खगेन्द्र कार्की, कतार साउन २२ ।

अपार दर्शकहरुको सहभागिता रहेको मेघा कन्सर्ट’ विवादमा तानिएपछि कार्यक्रमको
मिडिया कोर्डिनेटरको भूमिका निर्वाह गरेको एनएस एन्टरटेनमेन्टले विवादित विषय प्रष्ट्याउन आयोजक समेतको सहभागितामा दोहाको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । ०५ अगष्ट बेलुका हिमालय होटलमा आयोजित सो कार्यक्रममा कार्यक्रमका मिडिया कोर्डिनेट एनएस इन्टरटेनमेन्टका निराजन भण्डारीले एनएस इन्टरनेटमेन्टको भूमिका मिडिया कोर्डिनेटरको मात्र रहेको र बजारमा आयोजक कै रुपमा हेरिएको हुँदा द्वुविधामा नरहन आग्रह गरे । कार्यक्रम सञ्चालक समेत रहेका भण्डारीले मेघा कन्सर्टको कार्यक्रम सञ्चालनका निम्ति एउटा धेरै प्रयास गर्दा गर्दै पनि कार्यक्रममा समय अभावका कै कारणले खल्लोपन हुन आएको दुखेसो पोखे । आयोजकहरुले धेरै जना कार्यक्रम सञ्चालक भित्र्याएको कारणले पनि कार्यक्रम सञ्चालनमा अप्ठ्यारोपन आएकोले अन्जानमा गल्ति भएको स्वीकार्दै अब गरिने कार्यक्रमहरुमा यस्ता गल्ति नदोर्याउने भन्दै उपस्थित सम्पूर्ण दर्शक, मिडियाकर्मी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रम संयोजक कल्याण घिमिरेले कतारमा रहेका चार लाख बढी नेपाली समुदायलाई नेपाली चलचित्रको माध्यमबाट नियमित मनोरञ्जन प्रदान गर्दै नेपाली भाषा र संस्कृतिको विकास र प्रवद्र्धनका लागि नेपाली चलचित्रको बजार बिस्तारका लागि सास क्रिएसनको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चको प्रस्तुतिका रुपमा सो सांस्कृतिक कार्यक्रम मेघा कन्सर्ट’ भएको हो । निसन्देश रुपमा कार्यक्रममा डिआईडी लिटिल मास्टर सिजन थ्रिको विजेता नेपाली छोरी तेरिया फौजा मगरको प्रस्तुति हेर्न आएका दर्शकको चाहना बमोजिम तेरिया लगायत राष्ट्रिय कलाकार देखि स्थानीय कलाकार सम्मको सांगीतिक प्रस्तुतिले भरपुर मनो रञ्जन प्रदान गर्न नसकेको दुःख व्यक्त गरे । उनले विविध कारणले कार्यक्रम ढिलो हुन गएको र त्यो ढिला हुनु नै कार्यक्रमको रुपरेखा बिग्रनु हो भन्दै यसले सबैलाई नयाँ पाठ सिकाएको र अब दिनमा यस्ता कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । घिमिरेले आउँदा दिनमा यो भन्दा अझै राम्रा कार्यक्रमहरु लिएर दर्शक माझ आउने र सास क्रिएसन सदैव नेपाली भाषा र संस्कृतिको जगेर्नामा लागि रहने बताए । मेघा कन्सर्टका अवसरमा भिसादेखि सम्पूर्ण खर्च व्यहोरेर कतार आएका राष्ट्रिय कलाकारहरुले समेत आफ्ना दिन नपाउनु दर्शकमात्र नभएर आयोजकसमेत दुःखी छ । यसका लागि समेत दुःख रहेको स्पष्ट पारे । उपस्थित भएका कलाकारले आफ्नो प्रस्तुति देखाउने समय नपाउनु र प्राविधिक कारणले नायक आर्यन सिग्देल र सविन कार्यक्रम स्थलमा आउन नसक्नुले सबैलाई दुःखी तुल्याएको बताए । उनले कार्यक्रममा उपस्थित तमाम दर्शक, विभिन्न संघसंस्थाको प्रतिनिधित्व गरेर आउनु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिलगायत कार्यक्रमका निम्ति सहयोगी भूमिका खेल्नु हुने तमाम संघसंस्था र व्यक्तिहरु, कार्यक्रममा खटिएका स्वयंसेवक सबै प्रति धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखेका बताए । उनले बजारमा कलाकार बोलाएर पारिश्रमिक नदिइएको भन्ने हल्ला निराधार र कपोलकल्पित रहेको भन्दै सम्पूर्ण कलाकारहरुलाई कार्यक्रम सम्पन्न भएको भोलिपल्ट नै पारिश्रमिक भुक्तानी गरिएको बताए । यसैगरी कार्यक्रम सम्पन्न हुँदा समेत टिकट विक्री भइर हेको विषयमा सोधिएको प्रश्नमा घिमिरेले आयोजकले कार्यक्रम सुरु भएबाटै टिकट बिक्री कक्ष बन्द गरेर कार्यक्रमस्थलतर्फ लागेको तर पछि कसरी टिकट विक्री भइरहे को हो आफूहरु अनभिज्ञ रहेको बताए । यस्तै निशुल्क टिकट लिएका व्यक्तिहरुसमेत सस्तो मा टिकट बेचिरहेको अवस्थाका बारेमा प्रश्न गर्दा उनले यस विष्यामा आयोजक अनभिज्ञ रहेको र आगामी दिनमा टिकट बिक्री र समयवधिलाई समेत ख्याल गरेर कार्यान्वयनमा लैजाने बताए । यसैगरी कार्यक्रम प्रस्तुतिका रुपमा उभिएको अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष भविन्द्र तामाबले पनि राम्रो गर्ने जमर्को भइरहँदा विभिन्न कारणहरुले कार्यक्रमले दर्शकको चाहना पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सुधारेर अगाडि बढ्न प्रद्धिबद्ध रहेको जनाए । उनले पनि कार्यक्रममा उपस्थित दर्शकलगायत सम्पूर्ण संस्था, व्यक्तित्वहरुलाई धन्यवाद दिएका थिए ।

0 comments:
Post a Comment