४ भदौ, काठमाडौँ । एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधिको लागि नेपाल र मलेसिया भिडिरहेका छन् ।
किनारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले खराव प्रदर्शन गरेको छ । नेपाली व्याट्सम्यानहरुले टिकेर खेल्न सकेको छैनन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ४ विकेट गुमाएको छ र २५ ओभरमा ७० रन बनाएको छ ।
यो समाचार तयार पार्दासम्म नेपालले ४ विकेट गुमाएको छ र २५ ओभरमा ७० रन बनाएको छ ।
चार खेलमा लगातार जित निकाल्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको नेपालले ७ अंकसहित दोस्रो स्थानमा रहेको मलेसियालार्इ बराबरीमै रोक्न सकेपनि उपाधि पक्का गर्ने छ ।
नेपाल अघिल्लो संस्करणमा ब्यहोरेको हारको बदला लिन चाहन्छ । लगातार चार खेल जितेकाले नेपाली किशोरहरूको मनोबल उच्च छ । बुधबार पनि यसअघिका चार खेलको जस्तै पर्दर्शन गर्न सकेो नेपालले यो उमेर समूहमा रहेको उपाधिको खडेरीको समेत अन्त्य गर्ने छ ।
सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो । सन् २०१० मा मा पनि नेपाल उपविजेतामै सीमित भएको थियो ।
यो पटक ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरिररहेका नेपाली किशोरहरूले बुधबारको खेलमा पनि पुरानै लय देखाउन सके उपाधि जित्ने सक्ने अवस्थाछ । यो प्रतियोगिता अन्तरगत नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेटले हराएको थियो । नेपालले दोस्रो खेलमा सिङ्गापुरलाई ४९ रनले, तेस्रो खेलमा ओमनलाई १०२ रनले र चौथो खेल बहराइनलाई १८६ रनको भारी अन्तरले अन्तरले हराउन सफल भएको थियो

0 comments:
Post a Comment