तातो चियाले आक्रमण गर्दा पिके स्ववियु सचिव एन्जिला न्यौपाने घाइते


पद्मकन्या स्ववियुकी सभापति समेत रहेकी नेविसंघ नतृ स्वस्तिका पोखरेलले तातो चियाले आक्रमण गर्दा स्ववियु सचिव एन्जिला न्यौपाने घाइते हुनुभएको छ सभापति पोखरेलले न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याएपछि उहा अूपताल भर्नाहुनु भएको हो । पोखरेलको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तातो चियाले पोलेर एन्जिलाको कुम र छातीमा पोल्दा घाउ भएको र संवेदनशील अंग समेत पोलिएको पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति रिना उप्रेतीले बताउनु भएको छ ।
विद्यार्थी नेतृहरुबीच क्याम्पसभित्रै अनौपचारिक चियापान कार्यक्रममा विवाद बढ्दै जाँदा स्वस्तिकाले हातमा लिएको तातो चिया एन्जिलाको जिउमा खन्याइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते एञ्जिला सुशील कोइराला पक्षधर हुन् भने स्वस्तिका शेरवहादुर देउवा पक्षधर हुनुहुन्छ । स्वस्तिका पक्षको आक्रमणबाट शोभा भण्डारी, रुपा पोखरेल र पवित्रा गौडेल पनि घाइते हुनुभएको छ ।
नेविसंघको महाधिवेशन स्थगित भए पनि पद्मकन्या क्याम्पसको इकाइ अधिवेशनको विवादका कारण उक्त घटना भएको नेविसंघ स्रोतले जानकारी दिएको छ ।
नेविसंघ इकाइले आयोजना गरेको चियापान कार्यक्रममा स्वस्तिकासहितको टोलीले आफूहरुले बोल्न पाउनुपर्ने भन्दै निहुँ झिकेर आक्रमण गरेको नेविसंघ केन्द्रीयसदस्य समेत रहेकी न्यौपानेले बताउनु भएको छ।
आक्रमणकारी विरुद्ध प्रहरी वृत्त कमल पोखरीमा जाहेरी दिएको न्यौपानेले बताउनुभयो। स्वस्तिका फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुले स्वस्तिका पोखरेलसहित उहा पक्षधर विद्यार्थी नेतृहरु रमा थापा, कौशिला भट्ट, प्रिती केसी, उर्मिला बस्नेत, निसम्मा सुब्बा विरुद्ध किटानी जाहेरी दिएका छन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment