गुल्मी जिल्लामा पर्यटन क्षेत्र बिकाशको गुरु योजना निमार्णका लागी आधार पत्र तयारी र हाम्रो भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । गुल्मी जिल्लामा पर्यटन सम्बन्धी बिभिन्न ठाँउको पहिचान गरी गुरु योजना तयार गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । समाज बिकाश, पर्यटन तथा बातावरण केन्द्रले आयोजना गरेको कार्यक्रममा अशोक थापाको अध्यक्षता रहेको थियो । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको प्रमुख आतिथ्यता, स्थानिय बिकाश अधिकारी हरि ज्ञवाली र पोखरा पर्यटन परिषदका सल्लाकार श्रोत ब्यातिm श्रीकान्त सर्मा खतिवडाको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद श्रोत ब्यातिm श्रीकान्त सर्मा खतिवडाले गुल्मी जिल्लामा पर्यटन बिकाशका अवसर र योजना तर्जुमा सम्बन्धी अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा बिभिन्न ब्यतिmहरुले गुल्मी जिल्लाका महत्वपुर्ण स्थान र ठाँउ, सस्ँकृतिको बारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा उपलब्ध श्रोत र साधनको पहिचान गरी प्रयोग गर्नुपर्न, स्थानिय स्तर र तहबाट पर्यटन बिकाशमा लाग्नु पर्न सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा बिभिन्न राजनितिक दलका पार्टी प्रतिािनधी,उद्योग वाणिज्य सघँ गुल्मीका पदाधिकारी,सरकारी गैर सरकारी सघँ सस्ँथाका प्रतिनिधीहरु,नागरिक समाज, पत्रकार लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चाालन जितु तरामु मगरले गर्नु भएको थियो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment