छठले देशमा अक्षुणता राखोस्ः राष्ट्रपति

सवैमा सहमति गर्ने प्रेरणा मिलोस्ः प्रधानमन्त्री

२०७१ कार्तिक १२ गते 
rambaran-yadav१२ कात्तिक, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले छठी माताले संविधान निर्माणमा अग्रसर हुन दलका नेताहरुलाई शक्ति प्रदान गर्ने विश्वास गरेका छन् । छठपर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले  तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता र अक्षुणता कायम रहोस् भन्ने कामना रहेको बताएका छन् ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि छठपर्वको अवसरमा शुभकामना दिँदै तोकिएकै समयमा संविधान जारी गर्नेगरी दलहरुलाई एकजुट हुन यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
एकताको प्रेरणा मिलोसः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
शुभकामना मन्तव्य व्यक्त गर्दै कोइरालाले छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने बताए । मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराएर स्वदेशमा नै विश्वका विकसित देशका नागरिकसरहका सुखसुविधा पाउने अवसर सिर्जना गर्न सकिने विश्वास कोइरालाको छ ।
कोइरालाले सन्देशमा भनेका छन्-‘छठ पर्वले समस्त नेपालीको मनमष्तिष्कमा देश र जनताको समुन्नतिका लागि सत्कार्य गर्ने सत्ा्विचार सिर्जना गर्ने प्रेरणा दिन सकोस्, सबै नेपालीमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराउन सकोस्, जनताको सुख, शान्ति र समृद्धिका लागि काम गर्न सबै राजनीतिक दलका नेतालाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस् ।


अस्ताउँदो सूर्यको पूजा गरेर छठ पर्व मनाइँदै


 छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाँदैछ ।
सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ ।
छठ पर्व मनाउन जनकपुरका विभिन्न ऐतिहासिक स्थल, सप्तकोशी व्यारेजसहित विभिन्न जलासयलगायतका स्थानलाई बेहुली झै सिँगारिएको छ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाइँदै छ ।
त्यसैगरी काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइँदैछ ।
महाभारतकालमा द्राैपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment