गुल्मी हो नाम गुल्मेलीको शान’ गीतमा छुटेका स्थानलाई भिडियोमा समावेश गरिने

ज्ञवा संचार, श्रावण २ | 
‘ गुल्मी हो नाम गुल्मेली को शान’ गीतका लगानी कर्ता, शब्द संकलक एवं गायक रामचन्द्र चन्दले गीतमा गुल्मीको महत्वपूर्ण स्थान समावेश गर्न नसकिएको स्विकारेका छन् । उनले ज्ञवा संचार प्रतिनिधि यमलाल वेलवासेसँग कुरा गर्दै गितमा ऐतिहासिक एवं पर्यटकिय स्थलको संभ्यायता बोकेको ठाउँ प्रसिद्ध धार्मिक धरोहर श्रृगेश्वर तमोभूमी लेख, जिल्लाकै अग्लो स्थानमा अवस्थित प्रसिद्ध ऐतिहासिक महत्व बोकेको वम्घा कोट, प्रसिद्ध धार्मिक आस्थाको केन्द्र छत्रदेवि मन्दिर चोएगा आदि सबै स्थान समेट्न नसकिएको बताएका हुन् । गीतमा रहेका शब्दले विशेष स्थानहरु छुटेको भएपनि त्यसलाई दृश्यमा उतार्ने प्रतिबद्धता काफ्लेले गरेका छन् । जिल्लालाई पर्यटकीय महत्वको ठाउँको रुपमा परवर्धन गर्ने अभियानको रुपमा अडियोमार्फत सार्वजनिक गीतप्रति केही विशेष स्थानबाट आफ्नो ठाउँ विशेष नसमेटिएको गुनासो गरिदै आएको थियो । गीतमा मजुवा, जुभुङ क्षेत्र, ज्ञवा क्षेत्र, खुदोलाई प्रसिद्ध ठाउँ दिगाम हुनुपर्नेमा अन्यथा भएको जस्ता धेरै गुनासो आएका थिए । चन्दले बोलीमा मात्र वचन प्रतिवद्धता पूरा गर्ने हुन या आगामी म्युजिक भिडियोबाट पूरा गर्छन त्यो हेर्न बाँकी नै छ । कुराकानीमा यो म्युजिक भिडीयो तयार गर्न सहयोगी या लगानीकर्ताको खोजीमा रहेको चन्दले जानकारी गराएका छन् । त्यस्तै उनले गीतको सिआरवीटि र पिआरविटि(0160029516 र PRBT Prbt 60536271) मोवाइलमा राखेर गीतसँगै गुल्मी जील्लाको पर्यटकिय परवर्धनमा टेवा पु¥याउन सबै गुल्मीवासीसँग आग्रह पनि गरेका छन् ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment