ट्रर्मिनल निर्माणमा ढिलाइ लापरबाही गर्ने ठेकेदारलाई जरिवाना

विकाश पराजुली बुटवल, साउन २ । बुटवलको बसपार्कमा निर्माणाधीन बस टर्मिनल ठेकेदारको लापरबाहीका तोकिएको समय सीमासम्म पूरा हुन सकेन । यस क्षेत्रकै  नमूनाको रुपमा बन्न लागेको लुम्बिनी बस टर्मिनल तथा  सपिङ कम्प्लेक्स अन्तर्गतको बस ट्रर्मिनल असार मसान्तसम्म पूरा गर्नुपर्ने भएपनि पूरा हुन नसकेको हो । बुटवल नगरपालिकाले चैतमा ठेकेदारलाई निर्माण कार्य पूरा गर्न भन्दै असार मसान्त सम्मको समय सीमा दिएको थियो । सम्झौता अनुसार पुस मसान्तसम्म निर्माण पूरा गर्नु पर्ने भएपनि नगरपालिकाले ठेकेदारलाई पहिलो पटक म्याद थप गरी असारसम्मको समय दिएको थियो । असार मसान्तसम्ममा पनि निर्माण्ँको काम पूरा नभएपछि नगरपालिकाले ठेकेदारबाट जरिवाना गराउने भएको छ । निर्माण्ँ सम्झौता अनुसार टर्मिनल निर्माण्ँ पुस मसान्त भित्र  सकिनु पर्दथ्यो ।unnamed (1) पुस मसान्तसम्म निर्माण सम्पन्न नभएपछि थपिएको असार मसान्त सम्म पनि निर्माणको काम पुरा नभएपछि निर्माण्ँको जिम्मा चक्रेश्वरी, मिचीको र शिवशक्ति कम्पनीलाई जरिवाना गराउने बुटवल नगरपालिकाले जनाएको छ  ।  ठेकेदारले भने आ–आफ्नै आन्तरिक कारण देखाउदै निर्माणमा ढिलाई भएको बताउ“दै आएका छन् । र्टिर्र्मनल निर्माणको काम अहिलेसम्म करिव ६५  प्रतिशत मात्र काम सम्पन्न भएको बुटवल नगरपालिकाका इञ्जिनियर सुमन श्रेष्ठले बताए । निर्माण्ँ पÔले नगरपालिकासंग २०१४ जनवरी ४ मा निर्माण्ँ सक्ने गरी ठेक्का लिएको थियो  । ‘पहिलेनै म्याद थप गरी समय सीमा दिएका हौ, अब समय सिमा नदिने निर्णय भएको छ ।’ इञ्जिनियर श्रेष्ठले भने । उनका अनुसार अब ठेकेदारलाई ठेक्का दिएको रकम अनुसार साउन १ गते देखि प्रतिदिन ०.५ प्रतिशतका दरले जरिवाना गराईने छ । ‘ठेकेदारले जति दिनमा सक्छ, त्यही अनुसार नै जरिमाना लाग्छ’ उनले भने–‘जति छिटो निर्माण सम्पन्न हुन्छ त्यही अनुसार ठेकेदारको जरिवाना कम हु“दै जान्छ ।’ पुस महिनामा सम्पन्न हुनुपर्ने टर्मिनलको काम मुख्य कम्पनीको रुपमा रहेको चक्रेश्वरी कम्पनीले मिचीको र शिवशक्तिलाई निर्माण्ँको जिम्मा दिएकोमा मिचीको र शिवशक्ति कम्पनीको ढिलाईका कारण्ँ समयमानै निर्माण्ँको काम पूरा हुन नसकेको बुटवल नगरपालिकाले जनाएको छ । बुटवल नगरपालिकाले नगरपालिका विकास कोषको  ऋण्ँ सहयोगमा बस टर्र्मिनल तथा सपिड्ड कम्प्लेक्स बनाउन लागेको हो । ५ वर्षपहिले तयार गरिएको गुरुयोजना अनुसार नगरपालिकाले १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण्ँ कम्पनीससंग  ०६८ मंसिरमा सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम हुन नसक्दा निर्माणको काम समयमानै पूरा नहुने देखिएको छ । बस टर्र्मिनल र सपिड्ड कम्पलेक्स करिब ७ करोडको लागतमा निर्माण्ँ कार्य हुन लागेको हो । हाल बसपार्कमा टिकट काट्ने स्थान अस्तव्यस्त रहेकाले नया“ टमिर्नल बनेपछि सो समस्या समाधान हुने छ । त्यस्तै टर्र्मिनलसंगै सपिङ कम्प्लेक्सको जिम्मा दिइएपनि कप्लेक्सको काम भर्खर मात्र सुरु भएको छ । बसपार्क जाने मुख्य प्रवेश द्वाराको उत्तर तर्फ अहिले भर्खरबाट मात्र सपिङ कम्प्लेक्स निर्माणको काम भइरहेको छ । नगरपालिकाले स्थान अभावको कारण देखाउदै सपिङ कम्प्लेक्सलाई मंसिर मसान्त सम्म निर्माण सकिसक्नुपर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको बताइएको छ । चक्रेश्वरी निर्माण्ँ कम्पनीका रामेश्वर देउजाले आफ्नो आन्तरिक समस्याका कारण्ँ निर्माण्ँमा ढिलाई भएको बताए । यस बारेमा उनी थप केही बोल्न चाहेनन् । सवारीसाधनको टिकट लिएपछि सवार नहुञ्जेलसम्म यात्रुले किनमेल, मनोरञ्जन खाना÷नास्ता सहज रुपमा गर्न सकुन भन्ने उद्देश्यले टर्र्मिनल र  सपिङ कम्प्लेक्स निर्माण्ँ गर्न लागिएको हो । 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment