साउन–९ , रेडियो गुल्मी । रेडियो गुल्मीलाई थप शसक्त र जन स्तरमा सरल बनाउने उद्देश्यका साथ आज देखि रेडियो गुल्मी ९१. २ मेघाहर्जको सम्पर्क कार्यालय तम्घास लाँकुरी मञ्चमा स्थापनमा गरिएको छ ।
सुचना र समाचारलाई अझ व्यापक र सर्व साधरणको पहुँच सम्म पुराउनका लागि तम्घास लाँकुरी मञ्चमा ंसम्पर्क कार्यालय खोलिएको रेडियो गुल्मीका अध्यक्ष जंग नेपालीले जानकारी दिनु भयो । उहाँले जनसरोकारका विषयमा व्याक्ती स्वयमले लाँकुरी मञ्चको उक्त सम्पर्क कार्यालयमा आएर आफ्नै आवाजमा रेकर्ड गर्न सक्ने व्यवस्था समेत मिलाईको बताउँनु भयो ।
कुनै संघ संस्था वा व्याक्तीले कुनै समाचार , सुचना, शुभकामना वा समावेदना रेडियो गुल्मीबाट प्रशारण गराउनु परे तम्घास लाँकुरी मञ्चको सम्पर्क कार्यालयमा आफै आएर दिन वा फोनमा टिपाउन सक्नु हुने स्टेशन म्यानेजर नवराज भुसालले बताउनु भयो ।
त्यस सम्पर्क कार्यालयमा रेडियो गुल्मीका सहायक स्टेशन म्यानेजर प्रेम सुनार र समाचार कक्षका साथीहरु बस्नु हुने भएको छ । तपाईका चिठी –पत्र, कुनै रचना वा प्रतिकृया भए लाँकुरी मञ्च स्थित सम्पर्क कार्यालयमा दिनु भए रेडियो गुल्मीबाट प्रशारण गरिने जानकारी सुनारले दिनु भएको छ ।
रेडियो गुल्मी पछिल्लो चरण लोक प्रिय बन्दै गएको र सम्पर्क कार्यालय स्थापना भए पछि थप लोक प्रिय बनोस भन्ने शुभकामना अध्यक्ष जंग नेपालली दिनु भयो । तस्वीरः तम्घासको मुटु लाँकुरी मञ्चमा तपाईको मुटु रेडियो गुल्मी


0 comments:
Post a Comment