
प्रेम सुनार
गुल्मी, साउन–११ । पहिलो चलचित्र उधुम प्रर्दशनकै क्रममा रहेको बेला त्यसका नायक तिलक केसी राम्रो व्यानरको नेपाली चलचित्र बेहोसमा अनुवन्धीत भएका छन् । अधिकांस गुल्मी मैं सुटिङ्ग भएको चलचित्र उधुम तम्घास सहित विभिन्न जिल्लामा प्रदशर्न भई रहेका बेला केसी काठमाण्डौंका स्थापति निर्देशक विवेक थापाको रोजाईमा परेका छन् ।
एलिजा फिल्मस प्रा.लि.द्धारा निर्माण हुन लागेको चलचित्र बेहसो भदौंको पहिलो साता देखि सुटिङ्ग सुरु हुने नायक केसीले बताए । नायिकाहरु अझै टुङ्गो नलागे पनि तिन स्थापित नायिकाहरु संग कुरा चलिरहेको बताईएको छ । ३० वटा भन्दा बढि चलचित्र निर्माण गरी सकेका निर्देशक विवेक थापाका विुधुवा, विष्फोट, दिल , पाठशाला, नारीको ईज्जत, मिशन खेलाडी, भाग्यको खेल, यो साथ नटुटोस्, किन रुन्छ मन र भोजपुरी चलचित्र प्यारेको दुश्मन हिट चलचित्रमा गनिन्छन् ।
पहिलो चलचित्र उधुममा मोटा देखिएका नायक तिलक केसी शरिरको तौल घटाउँदै छन् र जिम गरेर हिस्ट–पुस्ट पनि बन्दै छन् । आकर्षक मुहार र जिउडाल भएका नायक तिलक केसी राजेश हमालको जतिकै हाईट भएका छन् र एक्शन भुमिकामा बढि जम्ने देखिन्छन् । चलचित्र उधुम कै गेटअपमा रेसुङ्गाको साउने मेला भर्न पुगेका केसीसंग तस्वीर खिचाउन चाहने फ्यानहरुको भिड थियो । हेरौं केहि तस्वीहरु






0 comments:
Post a Comment