प्रकाशित मिति : सोमबार असार ३० , २०७१ | १३८६ पटक हेरिएको
दोहा, कतार । बालिकालाई छोएको अभियोगमा रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको तल्लो अदालतले तीन वर्षको सजाय सुनाएको छ। कतारकी साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी(९, रोल्पाका ३० वर्षीय ओलीलाई बालिका छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदालतले तीन वर्षको सजाय सुनाएको हो, आजको कान्तिपुरमा खबर छापिएको छ।
गत मार्च १६ मा साढे तीन बजे मार्केटको काम गर्ने क्रममा उनलाई प्रहरीले उक्त भभियोगमा पक्राउ गरेको थियो। ओलीले आफूले बालिकालाई नछोएको भन्दै माथिल्लो अदालतमा अपिल गरेका छन्। म निर्दोष छु। मैले बालिकालाई छोएको छैन अलालतको फैसालाप्रति मेरो चित्त बुझेको छैन। न्यायका लागि पुनरावेदनमा अपिल गरेको छु।
उनले हापरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर लागेको बताए। ुअन्दाजी ९ वर्षकी बालिका मेरो पछाडि उनकी आमासँगै थिइन्। आमाले पहिला तेल मागिन्। त्यो दिएँ। त्यपछि बेसार मागिन्,ु उनले भने, माथिको र्याकमा राखिएको बेसार झिक्न खोज्दा खसेर बालिकालाई कम्मरमुनी लाग्यो।
त्यसलगत्तै ती महिलालाई बालिकालाई छोएको भन्दै ओलीमाथि हातपातसमेत गर्न थालिन्। ुमलाई ३ मिनेटभन्दा बढी एकोहोरो स्थानीय भाषामा गाली गलैज गरिन् उनले भने, गालै गालामा जुत्ता खोलेर पिटिन्। पछि उसको दुई छोराहरु आएर पनि पिट्न थाले।
पिटीसकेपछि प्रहरी बोलाएर जिम्मा लगाइएको ओलीले बताए।

0 comments:
Post a Comment