काठमाडौं, असार ३०– गरीबीको फाइदा उठाउँदै क्रिश्चियनहरुले बालबालिकालाई यशुको प्राथना गराए मासिक रकम दिने प्रलोभन देखाएको खुलासा भएको छ ।
अध्यक्ष मैनालीले बालबालिकालाई बिहान र बेलुका यशुको प्रार्थना गराए प्रतिबालक मासिक रु तीन हजार दिने अफर आएको बताइन् ।
“बालगृह चलाउन गाह्रो भएको थाहा पाएपछि क्रिश्चियनले प्रतिबालक मासिक तीन हजार दिने प्रस्तावसहित त्यसवापत गृहले दैनिक बिहान र बेलुका यशुको प्रार्थना गराउनुपर्ने प्रस्ताव ल्याए, हाम्रो संस्कृतिमाथिको आक्रमण सोचेर सिधै अस्वीकार गरिदियौँ”,– अफरबारे उनले भनिन् ।
अध्यक्ष मैनालीले मौकाको फाइदा उठाउन यशुहरुले प्रयास गरेपनि त्यो सफल हुन बदिने बरु दुख जिलो गरेरै बलगृह सञ्चालन गर्ने बताइन् । ‘सहयोगका नाममा बालगृहमा बस्ने बालबालिकाको धर्म परिवर्तन गराउन खोजेपछि बालबालिकाले जे धर्म मान्न चाहन्छन् मान्न पाउँछन् हामी कुनै करकाप गर्दैनौँ भनेर धर्म परिवर्तन गराउन आउनेलाई फर्काइदियौँ”, उनले भनिन् ।
सजिसजाऊ भएर आएका र जोडीमा रहेका क्रिश्चियनले बालाजुमाथि पनि हाम्रो चर्च छ बालगृहलाई कति चाहिन्छ सहयोग गर्छौं तर तपाईंहरु सबै क्रिश्चियन बन्नु प¥यो भनी पटक–पटक करकाप गरेको उनले बताइन् ।
यो अनाथालयमा क्रिष्चियनहरुको योजना सफल हुन नसकेपनि कतिपय स्थानमा गरीबहरुलाई विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गरिएको बताइन्छ ।
विसं २०६३ जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तन गराउने बाटो खुल्यो भन्दै बौद्ध जोरपाटी क्षेत्रमा धर्म परिवर्तन गराउँदै हिँड्नेको सङ्ख्या बढेको बताइन्छ ।
पहिले जोरपाटीमा एउटै चर्च रहेकोमा अहिले ४० वटा चर्च खुलेको स्थानीय दीपकसिंह भण्डारीले बताए । विसं २०६३ माघ १ गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ ।
पहिले जोरपाटीमा एउटै चर्च रहेकोमा अहिले ४० वटा चर्च खुलेको स्थानीय दीपकसिंह भण्डारीले बताए । विसं २०६३ माघ १ गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ ।
यसतर्फ राज्यको ध्यान नजानाले यस क्षेत्रमा धर्म परिवर्तन गराउँदै हिँड्नेको सङ्ख्या बढेको भण्डारीले गुनासो गरे ।महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक श्यामसुन्दर चौधरीले यससम्बन्धी उजुरी नआएकाले केही गर्न नसकिएको बताए ।
आर्थिक अवस्था राम्रो नभएको सो बालगृह जोरपाटी क्षेत्रका ४०० जना व्यक्तिको १०० मासिक सहयोग र १०० घर परिवारबाट सङ्कलन हुने मुठ्ठीदानबाट सञ्चालन हुँदै आएको छ ।
यसबाहेक बेलाबेलामा अन्य सहयोग गर्ने व्यक्तिहरु आएपनि गृह चलाउन समस्या पर्दै आएको छ ।

0 comments:
Post a Comment