खरेलसँगै पाँच एसएसपी र दुई डिआइजीको सरुवा


काठमाडौ : प्रहरी प्रधान कार्यालयले वरिष्ष्ठ प्रहरी उपरीक्षक रमेश खरेललाई काठमाडौ प्रमुखबाट सरुवा गरेको छ । डिआइजीहरु ब्रिफकेश बोकेर बढुवाका लागि शक्ति केन्द्रमा धाइरहेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका खरेलको सरुवा भएपछि काठमाडौ प्रहरी प्रमुखको जिम्मेवारी केन्द्रिय अनुसन्धान ब्यूरोका एसएसपी उत्तम कार्कीले पाएका छन्।
मुख्यालयले अपराध महाशाखा हनुमानढोकामा पुष्कर कार्कीलाई ल्याएको छ भने केन्द्रिय अनुसन्धान व्युरोमा एसएसपी हेमन्त मल्ल ठकुरीलाई सरुवा गरेको छ। अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थ विमानस्थलमा सरुवा भएपछि सो स्थानमा प्रधान कार्यालयले पुष्कर कार्कीलाई पठाएको हो।
गृहमन्त्रालयले महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी विश्वराजसिंह शाहीलाई प्रहरी महानिरीक्षकको कार्यालयकामा सरुवा गरेको छ। शाहीको स्थानमा डिआईजी विज्ञानराज शर्मालाई ल्याएको छ। खरेललाई हटाउने निर्णय शुक्रवारै गरे पनि डिआईजी शर्माको सरुवा भइनसकेकाले प्रहरी प्रधान कार्यालयले निर्णय सार्वजनिक गरेको थिएन। गृहमन्त्रालयले शर्मालाई आयुक्त कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिएको निर्णय गरेपछि मात्र मुख्यालयले अन्य प्रहरी अधिकृतको सरुवा भएको सार्वजनिक गरेको हो।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment