- बन्दुक पड्केको आवाज सुनेको भन्ने व्यक्ति हरु खै ?
- प्रेम सुनार
घाईते अवस्थामा पनि एक स्थानीयले बाघको तस्बीर खिचेका थिए र पछि भेटिएका हड्डीहरुको पनि तस्बिर खिचियो । उक्त हाड्डीहरु स्थानीय श्रृंङ्गा प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । तत्कालिन निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद श्रेष्ठसंग बुझ्न जाँदा उनले उक्त हड्डीहरु बाघको नै हो भनेर पुष्टि नभएको बताए ।
उता जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले उक्त हाड्डीहरु प्रारम्भिक अनुसन्धानले बाघ कै भएको बताएका छन् । हड्डीहरुलाई थप अनुसन्धानका लागि टिकौलीमा पठाएको उनले जानकारी दिए । उनका अनुसार बाघलाई संगठित रुपमा मारिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ । उनले भने, ‘उक्त बाघ संगठित रुपमै मारिएको हुन सक्ने आशंका छ , कसले मार्यो भन्ने विषयमा अनुसन्धान गरी रहेका छौँ ।’
सुरुका दिनमा बोल्न चाहने स्थानियवासी अहिले बोल्न चाहँदैनन् । प्रत्क्षदर्शीका अनुसार अघिल्लो दिनसम्म हर्दिनेटा र दिगामको बिचमा पर्ने काभ्रोको खेतको पुछारमा उक्त घाईते बाघ लट्ठीदै पल्टेको थियो । प्रहरी सँगै पुगेका युवा र बाल बालिकाले सेउला, माटा ढुङ्गाको छर्राले हानेर जिस्काउँदा पनि ऊ मौन देखिन्थ्यो ।
केहि समयपछि जिल्ला वन कार्यालयको टोलीले पाल्पाबाट खोर लिएर आयो । उक्त खोरमा हाल्ने बेलामा चाँही बाघ दौडेर भाग्यो । त्यसपछि पर्दैन ऊ टाठै छ जंङ्गल मैं बसोस् भनेर छाडियो । त्यसको अर्को दिन उसका हड्डीहरु फेला परेका हुन् । श्रोत थप्छ –‘ नजिकै गएर जिस्काउँदा पनि बाघ आक्रामक नबेनेपछि उसलाई सजिलै मार्न सकिन्छ भन्ने केहि मानिसहरुको आँट बढ्यो । अन्ततः रातको समयमा उसलाई मारियो र मासु र छाला लगेर हाड्डीहरु मात्रै छाडियो । ’
खबर गर्न ढिलाई किन ?
श्रोत भन्छ–‘ आलै अवस्थामा हाड्डीहरु भेटिए लगत्तै फोटाहरु खिचियो । जति बेला आँखाहरु पनि आलै थिए । ती आलै अवस्थाका तस्बीहरु खिचेका मानिसहरुले तत्काल प्रहरीलाई खबर गरेनन् । श्रृङ्गा प्रहरी चौकी ईन्चार्ज असई घनश्याम ढकाल भन्छन् –‘ हामीलाई बाघ म¥यो रे भनेको ३÷४ दिन पछि मात्र थाह दिइयो , हामी पुग्दा हाडहरु सुकी सकेको र किरा परेको अवस्थामा थियो । ’ उनले थपे–‘त्यसको केहि दिन अघि हामी रातभर जंगलमा बसेर उक्त बाघ फेला पारी वन कार्यालयलाई बुझाएर आएका थियौँ । ’
स्थानीय समाजसेवीका अनुसार अर्को दिन भेटिएको आलो हाड्डीको तस्बिर खिच्नेहरुले खबर गरेको भए प्रहरीले तत्काल घर घरमा छापा मारेर बाघको छाला र मासु भेट्टाउन सकिन्थ्यो । अनि त्यस राती बन्दुक पड्केको आवाज सुन्ने भनेकमा व्यक्तिसँग जानकारी लिइन्थ्यो । अहिले बन्दुक पड्केको आवाज सुन्ने को भनेर सोध्दा थाहा छैन भन्ने उत्तर आउन थालेको छ ।
यसरी स्थानीय श्रोतसमेत अहिले मौन रहनु र एकाएक ती आलो अवस्थामा खिचिएका तस्बिरसमेत लुकाउनुको पछाडि केहि रहस्य भएको आशंका गरिएको छ ।
हेरौं तस्वीरमा घाईते अवस्थाको बाघ । अनि त्यही नजिकै आलै अवस्थामा उसको आँखा, मासु लाछिएको अवस्थामा उसको साँप्रा, अनि केहि दिन पछि श्रृंङ्गा प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा पठाउँदा सुकेको अवस्थामा ती हड्डीहरु
यसरी स्थानीय श्रोतसमेत अहिले मौन रहनु र एकाएक ती आलो अवस्थामा खिचिएका तस्बिरसमेत लुकाउनुको पछाडि केहि रहस्य भएको आशंका गरिएको छ ।
हेरौं तस्वीरमा घाईते अवस्थाको बाघ । अनि त्यही नजिकै आलै अवस्थामा उसको आँखा, मासु लाछिएको अवस्थामा उसको साँप्रा, अनि केहि दिन पछि श्रृंङ्गा प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा पठाउँदा सुकेको अवस्थामा ती हड्डीहरु

0 comments:
Post a Comment