विवाहको पहिलो रातमै ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा ८ वर्षिय दुलहीको यौनी च्यातिएर निधन


एजेन्सी २०७१-भाद्र,२०
---यमनमा एक ८ वर्षिय दुलही विवाहको पहिलो दिनमै ज्यान गएको छ। साउदी अरबसंग सिमा नजिक यमनको उत्तर पश्चिमी क्षेत्र हार्दमा
यस्तो दर्दनाक घट्ना घटेको हो।
अधिकारीवादीहरुले जनाए अनुसार मृतक बालिकाको नाम रावन हो। रावनका परिवारले उनको विवाह मात्र ८ वर्षको उमेर पाँच गुना उमेर भएका ४० वर्षिय व्यक्तिसंग गरिदिएका थिए।विवाहको पहिलो रात ४० वर्षिय बेहुलाले यौन सम्पर्कको प्रयास गर्दा यौनी च्यातिएर रावनको ज्यान गएको हो।
यमनका अधिकारीबादीले ८ वर्षिय बालिकाको विवाह गरिदिने परिवारले र बेहुलालाई पक्राउ गरेर कारवाही गर्ने माग गरेका छन् । यस घट्ना पछि यमनमा चर्को प्रतिक्रिया व्यक्त गरिएको छ।
एग्री म्यानका नामका ब्लगर लेख्छन्- '८ वर्षकी बालिक विवाह गरेर सुहातरात मनाउने पुरुष जनावर हो, उनलाई कडा कारवाही गर्नु पर्दछ।'
अर्का ब्लगर ओमार लेख्छन् -रावनका परिवार मानिस होइन्, उनिहरु सन्तान पाउने हक राख्दैनन् ।'
यमनका ठुलो संख्यामा बालविवाह हुने गरेको छ । यसका यमनको गरिबी पनि जिम्मेवार मानिन्छ। गरिब परिवार पैसाको लोभमा छोरीलाई विवाहको रुपमा बेच्ने गरेका छन्।
कुनै बेला यमनको कानुनमा महिलाको विवाह गर्न १५ वर्ष पुग्नु पर्ने नियम थियो तर सन १९९० संसदले यसलाई खारेज गर्दै अभिभावकले चाहेको बेला र उमेरमा महिलाको विवाह गर्ने पाउनु पर्ने नियम बनाएको थियो।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment