तेजेन्द्र थापा, गुल्मी असार २९ ।
श्री उदय उच्च मा.बि.शान्तिपुर गुल्मीको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मिमलाल श्रेष्ठ पुन: चयन हुनु भएको छ । असार २८ गते बसेको अभिभावक भेलाले पुन अर्को कार्यकालका लागि निर्बिरोध अध्यक्ष पदमा चयन गरेको छ । श्रेष्ठको यो लगातार चौथो कार्यकाल हो । सो भेलाले मिमलाल श्रेष्ठको अध्यक्षतामा ४ जना समितिका पदाधिकारी चयन गरेको छ भने बाकि सदस्य त्यहि समितिले मनोनित गर्ने छ । सोहि भेलाले धाचानन्द गौतमको अध्यक्षतामा ११ सदस्यी शिक्षक अभिभावक संघ समेत निर्बिरोध चयन गरेको छ । सो कार्यक्रम निबर्तमान विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिमलाल श्रेष्ठको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि शान्तिपुर स्रोत केन्द्रका स्रोत ब्याक्ति कृष्ण कुमार गैरेको आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य कोमलनाथ न्यौपाने बार्षिक कार्य जोजना प्रस्तुत गर्नु भएको थियो । सो कार्ययोजना सफल पार्न नव गठित ब्यबस्थापन समितिको पूर्ण सहयोगको अपेक्षा गर्नु भएको थियो । त्यसै गरि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि स्रोत ब्याक्ति कृष्ण कुमार गैरेले नव गठित ब्यबस्थापन समीति र शिक्षक अभिभावक संघलाई शुभकामना दिदै आगामी दिनमा यस विद्यालयलाई देश कै नमुना विद्यालयको रुपमा बिकाश गर्न यो समिति र शिक्षक, अभिभावक र सरोकार वाला सबै मिलेर लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।

0 comments:
Post a Comment