काठमाडौं, साउन १३ – साउन १८ गते नेपाल आउन
लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीको सुरक्षाका लागि नेपाल र
भारतका सुरक्षा निकाय तयारीमा जुटेका छन् ।
सुरक्षाको तयारीका लागि भारतीय
एसपीजी दास्ता चार दिन पहिलेदेखि नेपालमा आएर
काम गरिरहेका छन् भने नेपालका तीनै सुरक्षा अंग आ–
आफ्ना तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री मोदीको सुरक्षामा कुनै कमी नहोस् भनेर
यहाँको गृह मन्त्रालय, रक्षा मन्त्रालय, विदेश
मन्त्रालय र भारतीय दूतावास दिनरात एक भई
लागि परेका छन् । नेपाल सरकारले
मोदीको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपालीको
विशेष सुरक्षा बल (स्पेशनल प्रोटेक्सन फोर्स)
एसपीएफलाई दिएको छ । भारतबाट
आएका एसपीजी सुरक्षादस्ताले
नेपाली सेनाका एसपीएफसँग मिलेर
सुरक्षाको तयारीमा जुटेका छन् । नेपाल सरकारले
नेपाली सेनाको विशेष सुरक्षा बल, सशस्त्र
प्रहरी बल, र नेपाल प्रहरीको कमाण्डो दस्ता मिलाएर
मोदीको सुरक्षाका लागि एक यूनिफाइड कमाण्ड
बनाएको छ ।
भारतीय दुतावास स्रोतका अनुसार
प्रधानमन्त्री मोदीको सुरक्षाका लागि चार
घेरा बनाएको छ । एसपीजीद्वारा बनाएको फोर लेयर
सेक्युरेटी प्लानको अनुसार
प्रधानमन्त्री मोदीको वरिपरी अर्थात् इनर
सर्करको सुरक्षा घेरा भारतीय एसपीजीले आफैसँग
राखेका छन् । त्यसपछि मात्र अत्याधुनिक
हतियारसहित सादा पोसाकमा नेपाली सेनाको विशेष
सुरक्षा दस्ताको घेरा हुन्छ ।
त्यसपछि तेस्रो घेरा सशस्त्र प्रहरी बलको विशेष
प्रशिक्षित सार्प सुटरलाई राखिएको छ ।
चौथो तथा अन्तिम घेरा नेपाल प्रहरीलाई राखिएको छ
।
प्रधानमन्त्री मोदीको आगमनदेखि र
फर्किनेसम्मको सुरक्षा व्यवस्था कडा पार्न भारतीय
सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीहरु
छलफलमा जुटेका छन् । भारतीय
प्रधानमन्त्री मोदीको विशेष विमान अन्तराष्ट्रिय
विमानस्थलमा अवतरण गर्नुको आधाघण्टाअघि र
पछि कुनै विमान अवतरण वा उड्ने छैन । नेपाल वायु
सेवा निगमका अनुसार ३ अगस्त बिहान १०.३०
बजेदेखि ११.३० बजेसम्म र त्यसको भोलीपल्ट साँझ
४.३० बजेदेखि ५.३० बजेसम्म सबै घरेलु र
अन्तराष्ट्रिय विमानलाई उडान र अवतरणलाई रोक्ने
जानकारी दिएको छ । त्यस्तै जुन जुनबाटो बाट
मोदी जाने छन् त्यहि बाटो ट्राफिक
पनि आधाघण्टाका लागि रोकिने छ ।
विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनाको
विशेष दस्ताले लिएका छन् । जबसम्म मोदीको विशेष
विमान काठमाण्डौं विमानस्थलमा रहिहन्छ
त्यसको सुरक्षा एसपीजीलगायत नेपाली सेनाले
पनि गर्नेछ ।
गृहमन्त्रालय स्रोतका अुनसार मोदी जाने
बाटोमा रहेका ठूला भवनको छतमाथि सशस्त्र
प्रहरी बलको सार्प सुटरलाई तैनाथ गरिनेछ ।
मोदी हिड्ने साँघुरो बाटोको पसलहरुलाई पनि बन्द
गराउने सुरक्षा योजनामा रहेको छ । मोदी बस्ने ह्यात
होटललाई अगस्त एक तारिखदेखि नै भारतीय
एसपीजीले आफ्नो नियन्त्रणमा लिनुको साथै
मोदी बस्ने
होटलको तल्लामा एसपीजी सुरक्षा दस्ताबाहेक अरु
कसैलाई जाने इजाजत रहने छैन ।
विमास्थलदेखि ह्यात होटल र
होटलदेखि राष्ट्रपति भवन र त्यहाँदेखि संसद भवन र
सिहदरवारसम्मको बाटोलाई सिल गरिने छ र
त्यहाँ हतियारधारी प्रहरीलाई तैनाथ गरिनेछ ।
प्रधानमन्त्री मोदीले पशुपतिको दर्शन गर्ने भएकाले
त्यहाँको सुरक्षाको जिम्मा पनि भारतीय एसपीजीले
लिएका छन्
त्यसको पनि तयारी भइरहेको सुरक्षा अधिकारीले
जनाएको छ । मोदी आधा घण्टासम्म पुजाआजा गर्ने
छन् । त्यतिबेलासम्म कसैलाई पनि त्यस
परिसरमा जाने दिने छैन । साथै
सुरक्षा व्यवस्थाका लागि भारतबाट ल्याइएको विशेष
कुकुरलाई पनि ह्यात होटलमा बस्ने
व्यवस्था मिलाइएको छ

0 comments:
Post a Comment