गणेश थापा (रेडियो सारथी) खर्बाङ, बागलुङ आषाढ २८।
साप्ताहिक कृषि हाट बजार सञ्चालन वामीको पल्टारमा सम्पन्न नमुना आमा समुहको सक्रियता तथा लक्ष्मीनाराण महिला कृषि सहकारी संस्था वामीको आयोजनामा साप्ताहिक कृषि हाट बजार सञ्चालन आज वामीको पल्टारमा सम्पन्न भएको छ । उक्त हाट बजारमा स्थानिय स्तरमै उत्पादन गरिएका कृषिजन्य बस्तु तथा फलफुल तरकारीहरु बिक्रि बितरण गरिएको थियो । हाट बजारमा खुर्सानी, घिरौला, लौका, तिते करेला, रायोको साग, तोरीको साग, निहुरो, सिमी, र बोडी लगायतका तरकारीहरु करिब १२ जना कृषकहरुले बिक्रि बितरण गरेका थिए । कृषकहरु गुल्मी जिल्लाका वामी, बडागाउ, मुसिकोट, पौदीअमराई गाबिस र बाग्लुङका दगातुम्डाडा, ग्वालीचौर, जलजला लगायतका गाबिसबाट तरकारी बिक्री बितरणको लागि कृषकको उपस्थिती रहेको थियो । कृषकहरुले ल्याएको तरकारी तथा फलफुल ग्राहकको माग अनुसार कमि भएकोले साझपख केहि उपभोक्ताहरु कृषिजन्य बस्तु नलिई खाली हात घर फर्कन बाध्य भएका थिए । साप्ताहिक रुपमा स्थानिय स्तरमै उत्पादन भएका ताजा फलफुल तरकारी प्रयोग गर्न पाउदा उपभोक्ताहरु खुसि भएका छन । कृषि हाट बजार सहकारी सञ्चालन समितीका सचिब यमुना घिमिरेका अनुसार हाट बजारमा ग्राहकहरुको माग अनुसार उपल ब्ध गराउन नसकिएको असुबिधालाई मध्यनजर गर्दे कृषकलाई आफनै घरमा कृषिजन्य बस्तुहरु उत्पादन गर्नु पर्ने बताउनुभएको छ । गाउ गाउमा उत्पादन गरिएका सम्पुर्ण कृषिजन्यउपजहरुलाई कृषि हाट बजारमा ल्याई बिक्रि बितरण गर्न अनुरोध गरिएको छ । करिब ३० हजार रुपैयाको कारोबार भएको उक्त हाट बजारमा सञ्चालक समितीका पदाधिकारीहरु, स्थानिय बासिन्दा, बुद्धिजीबि, ब्यापारी लगायतको उपस्थिती रहेको थियो ।
यसै सन्दर्भमा साप्ताहिक रुपले सञ्चालन गरिएको हाट बजार कस्तो चलेको छ भन्ने प्रसंगमा हाट बजार सञ्चालन समितीका सचिब यमुना घिमिरेसंग साथी गणेश थापाले गर्नुभएको कुराकानी अबको क्रममा ......

0 comments:
Post a Comment