सनमुन सिर्जनशील साथी समुह मुसीकोट गुल्मीको मासीक भेला समपन्न

कौरब खत्री वामी गुल्मी असार २८ ।

सनमुन सर्जिनशील साथीसमुह मुसीकोट गुल्मीको मासीक भेला सम्पन्न भएको छ । समुहका अध्यक्ष बिमल नेपालीको अध्यक्षतामा बसेको बैठकमा समुहका सल्लाहकार लिलाधर घिमिरेको प्रमुख आतिथ्यतामा बसेको भेलाले सरसफाई अभियान प्रभाबकारी गराउन बिमल नेपालीको सयोंजकत्व तथा समाुहका उपाध्यक्ष दिेपक नेपालीको सह सयोंजकत्वमा ८ सदस्यीय समितिको गठन समते गरेको छ । लामो समय पछि बसेको भेलाले आर्थिक सङ्कलन गर्ने, बाध्यबाधन तथा पोसाक खरीद गर्र्ने, समुहको कोषाध्यक्ष पदको खारेजी तथा परिपुर्ति गर्ने, लगायतका बिषयमाथी छलफल गरेको छ । भेलामा बोल्दै समुहका अध्यक्ष बिमल नेपालीले आफ्नो समाज लाई नमुना बनाउनको लागी सम्पुर्ण युबाहरु तथा समुहका सदस्यहरु ब्यक्तिगत स्वार्थमा नभई समाजको लागी एक भएर लागेमा समाज छिटो परिबर्तन हुने बताउनुभएको थियो । साथै समुहका सम्पुर्ण सदस्यहरुले समेत समुहको तर्फबाट अपेक्षित कुरा हरु त्रमश बोलेका थिए । भेलामा समुहका सल्लाहकार द्धोय बुद्धिबल चालीसे र प्रकास नेपाली लगायतको उपस्थिति रहेको कार्यक्रमा समुहका सचिब सागर नेपालीको सञ्चालन तथा समुहका उपाध्यक्ष दिपक नेपालीको सहजीकरणमा सम्पन्न भएको थियो । साथै सोही कार्यक्रममा यही असार ३१ गते मुसीकोट गाबीस वडा नम्बर ७का सम्पुर्ण टोलहरु समुह द्धारा सरसफाई गरिने भएको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment