प्रेम सुनार
गुल्मी, साउन–१५ । श्रीमति खोज्दै हिडेका प्युठानका एक युवाको गुल्मीमा शव फेला परेको छ । प्युठान अर्खा–२ घर भएका ३४ वर्षिय भिमबहादुर थापाको गुल्मी बाँझकटेरी स्थित भेंडीखोर खोलामा डुबेको अवस्थामा शव फेला परेको गुल्मीका प्रहरी प्रमुख राजकुमार लम्सालले बताए ।
लम्सालका अनुसार मृतक थापा केहि दिन अघि सम्म गुल्मीको सदरमुकाम तम्घासमा मजदुरी गर्दै थिए । श्रीमति हराएको वा मरेको निधो खोज्दै बाँझकटेरी पुगेका उनलाई स्थानियवासीले पत्नी वियोगको पिडामा छट्पटाएको
स्थानियवासी बताउँ छन् ।
प्रहरी प्रमुख लम्सालले पनि उनि पत्नी वियोगमा विरक्तीदै हिडेको आफुलाई जानकारी आएको बताए । प्युठान र बाँझकटेरी छिमेकी हुन् । उनिहरु विच बैबाहिक सम्वन्ध आदन प्रदान हुन्छ । त्यसले गर्दा पनि हराएकी श्रीमति खोज्न उनि त्यहाँ पुगेको हुन सक्ने देखिएका्े छ । उनको शव भोली सदरमुकाम तम्घास ल्याएर पोष्ट मार्टम गरिने प्रहरी प्रमुख लम्सालले जानकारी दिए ।

0 comments:
Post a Comment