तत्कालीन कार्ययोजनामा अघि बढ्न दुबै पक्ष सहमत
२८ असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीभित्र देखा परेको दुई लाइन संघर्ष तत्कालका लागि समाधान भएको छ । अध्यक्ष वैद्य र सचिव विप्लवले ल्याएका फरक दस्तावेजलाई आगामी महाधिवशेनसम्म थन्क्याएर ‘तत्कालीन कार्ययोजना’मा दुबैपक्षवीच सहमति भएको छ ।
‘आजको बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नुभयो । अध्यक्ष र सचिवका फरक दस्तावेजमा महाधिवशेनका बेलामा मात्रै छलफल गर्ने सहमति भएको बताइयो,’ शनिबारको बैठकपछि एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘आगामी १ वर्षभित्र विशेष महाधिवेशन गर्ने र विप्लवको दस्तावेजमाथि त्यहीबेला छलफल गर्ने सहमित भएको बैठकमा जानकारी गराइएको छ ।’
अध्यक्ष र सचिवका दुबै दस्तावेजहरु शनिबार केन्द्रीय सदस्यहरुलाई वितरण गरिए पनि त्यसमाथि छलफल नहुने स्रोतले बतायो । केन्द्रीय समितिको पूर्ण बैठक आइतबार बिहान १० बजे पुनः बोलाइएको छ ।
के छ तत्कालीन कार्ययोजनामा ?
माओवादीभित्रको दुबै गुटमा भएको सहमतिले तत्कालीन कार्ययोजनामा सहमति गरेको छ । उक्त कार्ययोजनामा सर्वपक्षीय सम्मेलनबाट संविधान बनाउन जोड गर्ने पुरानै कार्यनीतिलाई निरन्तरता दिइएको स्रोतले बतायो ।
यही असार महिनाभित्र विस्तारित बैठकको तयारी गरेको वैद्य माओवादीले सदस्यता नवीकरणको काम नसकिएको भन्दै विस्तारिक बैठक पछि सारेको छ । यसैक्रममा अकस्मात् सचिव नेत्रविक्रम चन्दले फरक मतको प्रतिवेदन तयार पारेपछि विस्तारित बैठकको साटो एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र फरक दस्तावेजबारे त्यतिबेलै बहस गर्ने निर्णय गरेको हो ।
0 comments:
Post a Comment