सरकारी तथ्यांक झूठो हो : मेडिकल एशोसिएसन
२८ असार, काठमाडौं । नेपालमा डाक्टरहरु कति होलान् ? यसबारे सरकारी तथ्यांक सुन्ने हो भने तपाईलाई अचम्म लाग्न सक्छ । सरकारले हालै सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा नेपालमा डाक्टरभन्दा अस्पतालहरु धेरै रहेको देखाइएको छ ।
यो तथ्यांकका आधारमभा विश्लेषण गर्ने हो भने एक डाक्टरको भागमा दुईभन्दा बढी अस्पताल पर्छन् भने एकजना डाक्टरको भागमा झण्डै १४ हजार बिरामीहरु पर्छन् ।
काउन्सिलको बेग्लै तर्क
सरकारी तथ्यांकमा डाक्टर भन्दा अस्पताल धेरै देखाइए पनि नेपाल मेडिकल एशोसिएसन अध्यक्ष अन्जनीकुमार झा भने सरकारी तथ्यांक गलत भएको बताउँछन् । ‘एशोसिएसनमा अहिलेसम्म १४ हजार डाक्टर दर्ता भएका छन्, जसमा केहीको मृत्यु भयो, केही विदेशिए’ झाले भने- ‘अहिले पनि ८ हजार डाक्टर नेपालमा छन् ।’ उनले सरकारले कहाँको तथ्यांक प्रस्तुत गरेको हो, आफूलाई थाहा नभएको बताए ।
वैद्यहरु एकजना पनि थपिएनन्
आर्थिक सर्वेक्षणअनुसार नेपालमा ३ सय ६० जना वैद्य छन् र पछिल्लो ७ वर्षमा एकजना पनि वैद्य थपिएका छैनन् । तथ्यांक अनुसार देशमा २ सय ९३ आयुर्वेदिक औषधालय छन् । ती अस्पतालमा कविराजहरुको संख्या ३ सय ९४ छन् ।
स्वास्थ्य क्षेत्रमा ९३ हजारको रोजगारी
सर्वेक्षण अनुसार स्वास्थ्य क्षेत्रमा ९३ हजार ४ सय ९५ जनशक्ति कार्यरत छ । यसमध्ये सबैभन्दा धेरै स्वास्थ्य कार्यकर्ता ६३ हजार ३ सय २६ छन् । ११ हजार ५ सय ५१ हेल्थ असिस्टेन्ट र अहेब छन् । त्यस्तै ३ हजार १ सय ९० स्वास्थ्य कार्यकर्ता, २ हजार ९ सय ८५ स्थानीय स्वास्थ्य कार्यकर्ता र ९ हजार ५ सय ३५ परिचारिका रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
0 comments:
Post a Comment