नारायणी नदिमा पानीको बाहव बढयो,ठोकरको निर्माण तथा ममर्त कार्य अबरुद्ध

कृष्ण बिसी नवलपरासी श्रावण ४ । 
निरन्तर बर्षाका कारण नारायणी नदिमा पानीको बाहव बढेपछी बि ग्यापका ठोकरहरुको निर्माण तथा मर्मत कार्य अबरुद्ध भएको छ । नवलपरासीको नर्सहीस्थित बि ग्यापको ठोकर न ७,१२,१३ र लिकं बाधको ठोकर न ३,४,५को मर्मत कार्य हिजो देखी अवरुद्ध भएको हो ।गत बर्ष पानीको उच्च बाहवले नारायणी नदिले भत्किएका ठोकर र नया ठोकर निर्माणका लागी भारत सरकाले ३२ करोड भारु बिनियोजन गरेको छ । कमजोर ठोकरहरुको मर्मत र नया ठोकर निर्माणको काम ६० प्रतिशत सकिएका बेला नदिमा पानीको बाहव बढेपछी काम सञ्चालन गर्न नसकिएको ठेकेदारले बताएका छन ।नारायणी नदिका कारण नवलपरासीका १३ गाविस प्रभावीत हुदै आएका छन । हुन सक्ने सम्भावीत दुर्घटनालाई मध्यनजर गर्दै समयमै भारतिय पक्षले समयमै ठोकरको मर्मत र नया ठोकर नवनाउदा त्यस्को प्रत्यक्ष मारमा गण्डक क्षेत्रका स्थानियहरु पर्दै आएका छन । नदिमा पानिको बाहव घटेपछी फेरी निर्माणको काम सुरु गर्ने ठेकेदारको भनाई रहेको छ ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment