तिजका गितमा बिकृति भित्रिएको प्रति गायिका शर्मिला गुरुङ्गको चिन्ता



अनिल खत्री गुल्मी साउन १५

एक समय धेरै गितमा आफनो आवाज दिएर निकै चर्चित गायिका शर्मिल गुरुङ्ग पछिल्लो समय यता भने उनले गाएका गितहरु कम आउने गरेका छन भने खासै चर्चामा आउने गरेकी छैनिन । नयाँ कलाकारहरुको प्रबेश सगै राम्रो स्वर भएका पुराना कलाकारहरु ओझेलमा पर्ने गरेका छन । कला गला हुँदा हुदै पनि नयाँ कलाकारहरुको प्रवेश सगै पुराना कलाकारहरुको आवाज आज भोलिका गितहरुका खासै सुन्नमा पाईएको छैन । एक मसय बजारमा आउने प्रया जसो लोक होस या तिजका सयौ गितहरुमा आफनो आवाज दिएर स्रोताको मन जितेकी गायिका शर्मिला गुरुङ्ग हाल भने फाट्टफुट्ट उनको आवाजले सिर्जित गितहरु बजारमा आउने गरेमका छन । पछिल्लो समय यता लोक संगित 
बजारमा ठुलो बिकृतिको बाडी आईरहेको बेला भने पुरानी गायिका शर्मिला गुरुङ्गले गाएका गित भने सबै मन छुने खालका र नेपाली कला संस्कृति संग जोडिएका बजारमा आउने गरेका छन । उनले पछिल्लो गित हिन्दु नारिहरुको महान चार्ड पर्वलाई लछित गरि तिज गित बजारमा ल्याएको बताएकी छिन । प्रतयेक वर्षका तिजमा उनले महिला दिदिबैनीलाई तिज गितको कोसेली दिने गरेकी छिन । बजारमा उत्याउला खालका तिजगितले बजार तताईरहेको बेला उनले भने महिलाहरुको बेदनालाई समेटेर तिज गित सार्वजनिक गरेकी हुन । आफनै लय शब्द र स्वरले सिर्जित उक्त तिज गितमा नारि बेदना नारिको पिडालाई समेटेर तयार पारेको गित बजारमा ल्याएकी छिन । पछिल्ला केहि वर्ष यता नयाँ कलकारहरुको प्रवेश संगै गित संगितमा बिकृति भित्रिएको प्रति चिन्ता गर्दै यस्तै हुदै जाने हो भने हाम्रा कला संस्कृतिपनि हराउदै जाने हुनाले यसलाई संरक्षण गर्न संञ्चार माध्यम सगै सबैले ध्यान दिनु पर्ने गायिका गुरुङ्गको भनाई छ । कला संस्कृति देशको सम्पती भएकाले यसलाई संरक्षण गर्न सबै पक्षबाट ध्यान आबश्यक रहेको गायिका गुरुङ्गले बताईन । लोक संगितमा नामको लागी लाग्ने हरुले संगित क्षेत्रको भबिश्यलाई समेत धरासाही पार्ने हुनाले सबै क्षेत्रबाट संरक्षणको आबश्यकता रहेको उनको भनाई छ । पछिल्लो समय यता वजारमा आएका तिज गितहरुमा र ाखिने शब्दहरु निकै छाडा भाषा प्रयोग भएर पनि गित बजारमा आउने गरेका छन । नया कलाकारहरुको प्रवेश सगै आज भोलिका गितहरुमा मौलिकता पन हराउदै गएको प्रति पुराना कलाकार स्रोताहरुले चिन्ता ब्यक्त गर्दै आएका छन 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment