चन्द्र भण्डारीले आफ्नो क्षेत्रलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र गुजरात जस्तो बनाउने

गुल्मी, असार ३१ । नेपाली कांग्रेसका केन्द्रिय
सदस्य
तथा क्षेत्र नम्बर –२ का संबिधानसभा सदस्य
चन्द्र
भण्डारीले आफ्नो क्षेत्रलाई भारतीय
प्रधानमन्त्री नरेन्द्र
मोदीको क्षेत्र गुजरात जस्तो बनाउने बताएका छन्

विकास निर्माणका क्षेत्रमा नेपालका अरु
क्षेत्रको तुलनमा गुल्मी २ लाई नमुना बनाउने उनले
बताए ।
“भारतमा मोदिको गुजरात नमुना क्षेत्र हो, म
आफ्नो क्षेत्रलाईपनि त्यस्तै बनाउन चाहान्छु”
उनले भने,
“अहिले गुल्मीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले
एकजुट भएर
विकास निर्माणमा जोड दिएका छौँ ।” नेपाल
पत्रकारमहासंघले
मंगलबार बिहान आयोजना गरेको पत्रकार
सम्मलेनमा उनले
गुल्मी सरहका अरु जिल्लाको तुलनामा गुल्मी सबै
भन्दा बढी बजेट पाउने जिल्ला भएको पनि दाबी गरे

“सालझण्डी तम्घास फास्ट ट्रयाकलाई यो बर्ष
प्रसस्त बजेट
बिनियोजन भएको छ, अर्को बर्ष सालझण्डीले
तम्घासलाई
छुन्छ” उनले भने । “बाटो सुरु भएसँगै
गुल्मीको अवस्था परिवर्तन भएर जाने छ ।” उनले
सांसद
विकास कोषको पैसा आफ्नो क्षेत्रमा घरबार
नभएकाहरुलाई
घर बनाउन प्रयोग गर्ने बताए । “हामीले ५ करोड
मागेका थियौँ तर पाएनौँ, राम्रो गरेमा अर्थले खर्च
गर्न
पर्याप्त रकम दिने भनेको छ” उनले भने, “म
यो सम्पूर्ण रकम
जिल्लामै रहेका सरोकारवालाहरुको सल्लाहमा खर्च
गर्ने छु ।”
उनले भारतमा सभासदले खर्च गर्न पाउने
गरि छुट्याईएको बजेट प्रभावकारी भएको बताउँदै
नेपालमा पनि त्यो जरुरी हुनुपर्ने बताए । “सांसदहरु
प्रति अझैपनि विश्वास गरिँदैन्” उनले भने, “५
करोड हुने
हो भने आश्यक्ता पहिचान गरेर
आफ्नो क्षेत्रको विकास गर्न
सकिन्थ्यो ।”
साथै उनले सभासदहरु एक हातले संबिधान र एक
हातले
विकासमा लागि परेको बताए । “विकास भएन भने
जनताले
गाली गर्छन्, विकासका क्षेत्रमा पनि लागि पर्नुप
¥यो” उनले
भने, “तर हामीले आफ्नो मूल कामलाई
बिर्सिएका छैनौँ ।”
उनले संविधानसभामा मिलेका कुराहरु लेख्न सुरु
भएको र
नमिलेका कुराहरु प्रक्रियामा रहेको जानकारी दिए ।
“बैद्य
जिहरुले संबिधानसभाबाट बनेको समितिसँग
बार्ता गर्दैनौँ भनेपछि उहाँहरुसँग कुरा भएको छैन”
उनले भने,
“प्रधानमन्त्री उपचार गराएर फर्किएपछि उहाँसँग
बार्ताको प्रक्रिया अघि बढ्छ ।”

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment