उसिनेको आलुबाट रक्तचापको उपचार
====================
जसरी बनाएर खाए पनि स्वादिष्ट हुने र सबै तरकारीसँग मिल्ने तरकारी बाली हो आलु । यसलाई केवल खाद्यको रुपमा मात्र नलिएर औषधिको रुपमा पनि प्रयोग गर्ने सकिन्छ । जनमानसमा आलु धेरै खाएमा धेरै मोटाइन्छ भन्ने प्रभाव परेको देखिन्छ । तर कुरो त के भने आलुको सेवनबाट मोटाउनु साटो मोटाएका
====================
जसरी बनाएर खाए पनि स्वादिष्ट हुने र सबै तरकारीसँग मिल्ने तरकारी बाली हो आलु । यसलाई केवल खाद्यको रुपमा मात्र नलिएर औषधिको रुपमा पनि प्रयोग गर्ने सकिन्छ । जनमानसमा आलु धेरै खाएमा धेरै मोटाइन्छ भन्ने प्रभाव परेको देखिन्छ । तर कुरो त के भने आलुको सेवनबाट मोटाउनु साटो मोटाएका
व्यक्तिहरुलाई पनि आवश्यक वजनको मात्रामा राख्ने गर्दछ । यतिमात्र नभई आलु खानाले रक्तचाप बढ्नबाट पनि बँच्न सकिन्छ र बढेको रक्तचापलाई पनि कम गर्दछ । साथै मुखबाट अमिलो पानी आउन पनि बन्द हुन्छ । बच्चा र कमजोर व्यक्तिको लागि आलुको नियमित भोजनले पौष्टिक आहाराको काम दिन्छ
भन्ने कुरा प्रमाणित भइसकेको छ । मानिसले खाएको खानामा क्यालोरी बढी भएमा मोटाउ“छ । तर, आलुमा पानीको मात्रा धेरै र कार्बाेहाइड्रेटको मात्रा नाममात्रको हुने भएकोले क्यालोरीको मात्रा कम हुन्छ । सामान्यतया आलुको तुलनामा अन्य खाद्य बस्तुमा ५–६ गुणा बढी क्यालोरी हुन्छ । त्यसैले आलु सेवनबाट मोटाइँदैन ।
ध्यान दिनुपर्ने कुरा के छ भने आलु खाली उसिनेर मात्र खाने गर्नु पर्दछ । आलुलाई विभिन्न प्रकारले बनाएर खाएमा उसले दिनुपर्ने गुण बिर्सिदिन्छ । आलुमा मैदा मिसाएर खाएमा क्यालोरी बढी हुन्छ । उसिनेको आलुमा ७६ प्रतिशत क्यालोरी हुन्छ भने समोसा अथवा अन्य खाद्य वस्तुमा मिसाएर पकाएको आलुमा ५ दशमलव ६७ प्रतिशत क्यालोरी हुन्छ । त्यसकारण मोटाउनुको कारण आलु होइन आलुको साथमा मिसिएको अन्य पदार्थ हुन् । उसिनेको आलुमात्रै
सेवन गरेमा गुणकारी हुन्छ र मैदा, बेसन र अन्य खाद्य वस्तु मिलाएर खाने
गरेमा हानिकारक हुन पनि सक्दछ ।
रगतमा सोडियमको मात्रा बढी र त्यसको निकासी कम भए पछि रक्तचाप बढ्दछ ।
तर उसिनेको आलुमा पोटासियम धेरै र सोडियमको मात्रा कम हुने भएकाले
पोटासियमयुक्त खाना खानाले मृगौलाको लागि आवश्यक सोडियम फाल्नमा मद्दत
गर्दछ र जसबाट रक्तचाप कम हुन्छ । त्यसैले कोही पनि व्यक्तिलाई
रक्तचापको रोगले दुःख दिएको छ भने उसिनेको आलुलाई नुन नहालिकन खाने गरेमा
फाइदा हुन्छ । तर आलु उसिन्नु भन्दा पहिले हरियो आलु नपरोस्
भन्नेतर्पm ध्यान दिनुपर्छ । हरियो आलु सेवनले पेट खराब हुन
सक्दछ । राम्रोसँग पाकेको आलुमा भिटामिन ‘सी’ र ‘बी’ धेरै मात्रामा
हुन्छ । एउटा आलु खाएमा शरीरलाई १० मिलिग्राम भिटामिन ‘सी’ प्राप्त
हुन्छ ।
ताजा १०० ग्राम आलुमा ७७ दशमलव ४ ग्राम पानी, ० दशमलव ९ ग्राम खनिज, ५ सय
६८ मिलिग्राम पोटासियम, १४ दशमलव ८ मिलिग्राम क्याल्सियम, २४ दशमलव २
मिलिग्राम भिटामिन सी र २ दशमलव ०२ मिलिग्राम भिटामिन बी हुने गर्दछन्
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!


0 comments:
Post a Comment