उमेर कच्चा, काम पक्का


पप्पु खासु मगर
उर्लाबारी÷बाबु रिक्साचालक,आमा कुबेत गएको चार वर्ष लाग्यो । भाइ सानै ,मोरङको उर्लाबारी –१ का १३ वर्षीय विशाल विश्वकर्माको दैनिकी अचेल फेरिएको छ । सानै उमेरमा ठूलो जिम्मेवारी बहन गर्ने विशाल चार महिना यता पत्रपत्रिका वितरणको काम गरिरहेका छन् । उनी विहान ४ बजे आँखा मिच्दै पत्रिका छाप्ने अफसेटमा पुगिसकेका हुन्छन् ।
स्थानीय सिर्जना निमाविमा कक्षा–६ मा पढ्दै गरेका विशालले हरेक बिहान भालेको पहिलो डाकसँगै अफसेटमा नपुगे २सय ग्राहको घरमा पत्रिका पु¥याउन समस्या हुने गर्छ । तर,उनको जिम्मेवारी यतिमात्र होइन । विशालकी आमा विदेशमा र बाबु रिक्साचालक भएकोले घरको अधिकांश काम उनी आफै भ्याउँछन् । खाना पकाउने, भाँडा माझ्ने लुगा धुने मात्र होइन, कक्षा–२ मा पढ्ने ८ वर्षको भाइ विवेकको जिम्मेवार अभिभावक पनि उनै हुन् । आमा हुनुहुन्न,बाबाले भ्याउनु हुन्न –बिशालले घरको सबै काम भ्याएर पत्रिका वितरणको काम समेत गर्नु पर्दा दिउँसो निन्द्रा लाग्ने गरेको बताए । त्यसो त बाबुको पनि भरपुर सहयोग छ ,विशाललाई ।
पत्रिका बाढे वापत बिशालले मासिक एक हजार पाँच सय पाउँछन् ।त्यही पैसाले आफ्नो र भाईको स्कुल खर्च मात्र होइन खाजा खर्च र पोशाक खर्चमा प्रयोग गर्ने गरेको विशालको भनाई छ । विशालसँगै पत्रिका बाढ्ने साथीहरू धेरै छन् । यद्यपि अरु साथीहरू अतिरिक्त आम्दानीको लागि पत्रिका वाढ्ने काम गर्छन् । विशालले पत्रिका बाढेर पनि पढाई नछोडेको बताए । उनले भने–पत्रिका ढिलो छापिएको दिन स्कुल छुट्टि भएपछि बाड्छु ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment