मोदीको भ्रमण अघि नै भारतसँग विद्युत सम्झौता : उर्जामन्त्री

२०७१ साउन ५ गते 
५ साउन, काठमाडौं । उर्जामन्त्री राधा ज्ञावलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणअघि नै भारतसँग विद्युत व्यापार सम्झौता हुने बताएकी छन् । प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्किए लगतै मन्त्रिपरिषदको बैठकले नयाँ दिल्लीमा सचिव स्तरीय बैठकसम्बन्धी निर्णय गर्ने उनले बताएकी छन् ।
Radhd Gyawaliरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उर्जामन्त्री ज्ञवालीले मोदीको भ्रमणका क्रममा महाकाली सम्झौता अन्र्तगतको पञ्चेश्वर परियोजना कार्यान्वयनबारे समेत हस्तक्षर हुने स्पष्ट पारिन् । उनले भनिन्-’नेपालको विकासको मेरुदण्ड उर्जाको विकास हो । यो नभई नेपालको विकास हुन सक्दैन । त्यसैले उर्जामा अब राजनीति गर्नु हुँदैन ।’
मन्त्री ज्ञावलीले भारतले पठाएको विद्युत व्यापार सम्झौताको मस्यौदा सकारात्मक भएको भन्दै राष्ट्रिय हित हेरेर सम्झौता गर्ने बताइन् । उनले भनिन्-राजनीति धेरै भयो । भारतमाथि शंका उपशंका गर्ने परम्परा त्याग्नुपर्छ । यो भारतसँग मात्रै गर्ने कुरा होइन, सबै देशसँग गर्नुपर्छ ।’
सार्क क्षेत्रका अरु देशसँग पनि छलफल अघि बढाएको भन्दै उनले भनिन्-यसमा कुनै राष्ट्रघात छैन । हामी यसलाई सार्वजनिक गरेर संसदमा छलफल गर्न समेत तयार छौं ।’
कार्यक्रममा पूर्व उर्जामन्त्री डा. प्रकाशसरण महतले भारतले पठाएको मस्यौदामा बाहिर अडकल गरेजस्तो केही पनि नभएको भन्दै तत्काल हस्ताक्षर गरेर काम अघि बढाउनु पर्नेमा जोड दिए ।
पूर्व जलस्रोत राज्यमन्त्री ठाकुर शर्माले दलहरुसँग छलफल गरेर मस्यौदालाई अघि बढाउनु पर्न बताए । जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलविद्युत विकासमा नकारात्मक कुरा बढी भएको भन्दै यस्तो सोचले मुलुकको विकास नहुने तर्क गरे ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment