चिर्पटले हिर्काउँदा मृत्यु


२०७१ साउन ५ गते 
५ साउन, नुवाकोट । नुवाकोटको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ । गएराति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ वर्षीय सालिकराम अर्यालको सोही वडाका २३ वर्षीय सागर अधिकारीले चिर्पटले टाउकोमा हिर्काउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्यालको पसलमा मदिरा सेवन गरेका सागर र पसल सञ्चालक अर्यालबीच विवाद भएपछि सागरले टाउकामा चिर्पटले हिर्काएका थिए । टाउकामा गम्भीर चोट लागेका अर्यालको त्रिशूली अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिर्पट प्रहार गर्ने सागर अधिकारी भने फरार छन् । अधिकारीको प्रहरी र स्थानीय जनताले खोजी गरिरहेका छन् । रासस


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment