संस्मरण, भैरवलाई बलि चड्नबाट बेचेका हामि दुई भाई


Pradip  

Bhanu घर देखि पाल्पा सम्म जताततै अनौठो मात्र लाग्यो। गण्डकी नंदि देखेर उडेको सातों रिणीको पक्कि पुल देखेसि बल्ल अलिकति सान्त भयेको थियो। डेड दिन लगाएर रिडी पुग्यौ । रिडी बाट पाल्पा बस चडेर जानु पर्ने रैछ । अब हामि हिड्नु नपर्न्े भयो । बसमा चडेर बसिदिए उसैले बोकेर लैजाने भयो ।आहा क्या मज़ा । कता कता मन ले पत्याएन , त्यस्तो पनि हुन्छर ? छोटों उमेरको पहिलो अनुभव बसमा खुट्टा राख्दा हर्षको सिमा रहेन। झ्यालतिर को बस्ने मा करुणाकर दाई र भानु दाईको बिबाद भयो । पछि माईला बा ले पछिल्लो सिटमा बसेको मान्छे सगं कुरा मिलायेर दुवैलैई झ्यालतिर ब्यवस्था गरिदिनु भयेपछि विबाद साम्य भयेको थियो । उनिहरु झ्यालबाट बाहिरका देखिने द्रिष्य हेरेर रमाई रहे । म माईला बाको काखमा कति बेला निदाऐछु पत्तै पाईन । दाई हरु भैरव थान भैरव थान भनेर सिसा बाट मुन्टो बाहिर निकालेर ज़ोर ज़ोर ले करउदै थिए। खलासि दाई ले मन्टो भित्र भनेर जोरले चिच्याउदा पो बल्ल ब्युझे । मैले पनि भैरव बाबा लाई हेर्ने ईच्छा गरे तर वस धेरै वर आईसकेको रैछ । ईच्छा अधूरै रह्यो। पाल्पा पुगेपछि टुडिखेलका नवोल्ने राजाले सारै मन लोभ्याए। पाउ रोटि समोसा खान कुनै आईतबार कुर्नु परेन। चना डुनेट र चाउचाउका नास्ता हुन थाले । खानामा सधै मासु । पड्नु नपर्न्े होमवर्क गर्नु नपर्न्े । त्यहाँ भन्दा मज़ा अरु मज़ा पनि हुन्छ र?
होटलको छतबाट पाल्पा जिल्ला कारागार देखिन्थ्यो। कैदि हरु भलिबल खेलेको येता उता गरेको देखिन्थ्यो । सारै दया जाग्थ्यो। दुई भाईको टिम थियो। सबैकाम टिममिलेर गर्दा सजिलो हुन्थ्यो। घुम्दा होस चोर्दा होस वा अरु थोक गर्दा , बस पार्क का चटपटे र वदाम बाले भैया,छेबैको फलफुल पसल हाम्रो पहिलो तगारोमा पर्न थाले। साझमा लाईन गयेको मौकामा दायाँ बायाँ हात मार्ने आदत बस्यो। आट गरे सब थोक थियो। हामि पनि के कम,सबै भन्दा क्षति बदाम वाले भैया लाई पुर्यायौ। तर फलफुल वाले भैयाले ऐकदिन जुल्पि मा समाएर दुई तिन पटक जुरुक्क उचाल्यो। अनि च्चाप्प समायो र बा लाई लगेर बुझाई दियों । बाले राम धुलाई गर्नु भो। पेसा नि चट भयो। अब नया काम को खोजिमा थियौ दुवैभाई। दुई तिनदिन टक्सार टोल सिरिनगर डाँडा भौतारियौ कत्ति मज़ा आयेन । सहराँ त बिहानै बेलुका गाड़ि चड्न पाईयौस र पो बल्ल हुन्च। हो हामि त्यस्तै कामको खोजिमा थियौ। नखोजि कन पाउरोटि मिल्ने सहरमा खोजें के पाईन्न भन्ने मेरो मान्यता थियो,काम मिल्यो,। भुसलडाडा र बसपार्क गर्ने थोत्रो जिप ४/५ जनाले धक्का मारे पछि बल्ल स्टार्ट हुन्थ्यो। तेसैलाई धक्का मार्न थाल्यौ,अनि भुसलडाडा र बसपार्क दिनको दश पटक। विना पैसाको, यो भन्दा मज़ा अरु केमा हुन्छ । तर भने जस्तो भऐन । जागिर खासै फापेन। ऐक दिन धक्का मारेर हामि चड्न खोज्दा ड्राईभरले जिप सुईकाई हाल्यो । तर पनि म पछि पछि गईरहेको थिए खलासि मैतिरै थुकिदियो। लाई लाटो रिस उट्यो । केहि उछार पाटो पाईन रुदै गएर बालाई कुरा लगाईदिए। अर्कों दिन खलासि चटपटे खादै थियो। चटपटे सगै खलासिले बाको ऐक चड्कन पनि खायो । चटपटे उचििट्टएर भुई भरि भयो । अब हामिले जिपलाई धक्का नमारिकन चड्न पाईने भो । किन हो किन त्यो घटना पछि पेसा फेर्ने मन भयो। पेरि फाल्तु भाईयों । केहिदिन हाम्रो पेसै भयेन । बेरोज़गार ,,! मन भित्रै बाट उन्मादले जोस आउछ । बेकम्मा हुन केहि सिप लागेन । दुवै भाईले भन्यौ "काम त गर्नु पर्यो क्यारे, त्यहि बेकम्मा समयमा आपचौरका राजुदाई ले ऐक दुईवटा फ़िल्म देखउन लैजानु भो। कुन फ़िल्म हो, कुरा के हो मैले केहि पत्तों पाईन । म त हल भित्र मस्त निदाउदो रैछु । दाईलाई यो पेसा छोड्न मन थिऐन । तर मैले साथ दिईन । त्यो पनि खासै नजम्ने देखेपछि अव नया पेसाको खोजिमा थियौ दुवैभाई । सहर न हो पेसा हात लाई हाल्यो । नम्बर नभयेर खालि बसेका बस हरु नुहाउन धुवाउन भनेर टाढा टाढा जान्थे । कोहि कन्डक्टर हरुले चलाउन सिक्नलाई पाल्पाको दोभान सम्म पुर्याउथे । जुन सिटमा बसेनी भो । ति सबै बसवालाले होटल मालिकका छोराहुन भन्ने चिनेका थिए। हरेक दिन ऐउटा न ऐउटा वस हुने हुने । कहिले कता कहिले कता बसमा फ्रिको सफ़र । हुनु मज़ा भयो। गाउका अरु केटा हरुको याद आउदा कठै बिचरा भन्थ्यौ। हुननि त हो के रे गाउमा केको बस चड्नु त्यो पनि फ्रिमा, कतिवेला यि सबकुरा गाउमा पुगेर बताउने भन्ने खुल्दुलि हुन्थ्यो। दिन सधै ऐकै नासे रहेनन्। त्यो दिन हामिहरु बिहानको खाना पनि खायेका थिऐनौ। बस वसपार्क बाट पेट्रोल पंप तिर पुगेपछि अकस्मात मोडियो। ड्राईभर नि नतिनेको परेछ । पुलिस चौकिको सामने सर्मा होटल छ। हामि त्यहि ओर्लन खोज्यौ। ड्राईवर ले रोकेन, बसपार्क वाट बस उकालो लाग्यो । बसको स्पिड झन झन बड़्नथाल्यो। बस रोक भनेर केहिगरे सुनेन। दाईले ड्राईवर का दुवै हात समाई दिन्ु भो तर पनि केहि सिप लागेन । दाईले उस्को कपाल बेस्कनि लुछ््नु भो अहं रोक्ने छाटकाट छैन । हामि अपहरणमा पर्यौ भन्ने पक्का भयो।दाईले उस्लाई धेरै हरकत गर्नु भो ,मुन्टो परक्क बटार्दिदा पनि उ हलचल भएन। बस झनझन कुदायो । म त आत्तिऐर होस हवास गुमाए। दाईले मलाई पछाडिको ढोकामा लगेर फुङ्गाल्न भन्नु भो । अरु बिकल्प पनि थिएन। म ऐक्लै फुङ्गाल्न आट गरिन। दाई लाई आफु फुङ्गाले भाई फुङ्गाल्न सक्दैन भन्ने चिन्ता थियो । आखिरिमा म नफुङ्गालि भएन चल्ति बस बाट हाम फाले । भगबान को कृपाले टायर मुनि परेनछु। जोरसित पछारिए। ऊठ्न पनि सकिन । जेन तेन उठेर हेर्दा बस वरिपरि छैन । मेरो दाई,,,,,,, बेस्मरि चिच्याए ,,! मन यसरि पोल्यो कि , म रुदै र चित्याउदै मोटर बाटै बाट दगुरन थाले। त्यस्तै दसमिनेट दुगुरेको हुदोहु उताबाट दाई पनि रुदै आउनु भएको थियो । दाई त झन हिलोमा पछारिनु भयेछ । दुवै भाई हेराहेर गरेर खुव रोयौ। निसास्सिएको मनलाई मिलनले केहि सितल बनायो। "त्यो बेला हामि दुईभाई बिच भयेको मिलनसुख मेरो जिवनकै अविस्मरणीय सुख बनेर रहि रहियो"। हामि हरु करिव पन्द्र मिनट हिडे पछि वतासे डाँडा आईपुग्यौ । हालको नानि मैया मेमोरियल रहेको ठाउबाट सिदै तल झरे पछि पानिको धारा छ। "त्यति बेला को पाल्पामा मैले बग्ने पानि त्यहि देखेको त्यहि हो" पानिले बाहिरि हिलोर धुलो पखाले पनि भित्रि चोट र पिडा पखालेन। ठोक्किएका कुहिना, घुडो र टाउको तिन दिन दुखे। अपहरणमा परेर निस्सासिएको वाल मन र वाल मसितिष्कंा मा परेको चोट अहिले सम्म जेउका तेउ छ। सम्झिदा पनि आंङ सिरिङ्ग हुन्छ । घटनाको धेरै पछि त्यसरि अपहरण गरिएका बालबालिका भैरवलाई बलि चडाईन्छ भनेको सुन्दा पुनर्जन्म भयेको आवास भएको छ। बिंदा पनि सकियो । पेसा गर्ने रहर नि मरेर गयो। निरास भयेर गाउ फ्रक्यौ। कसैले पाल्पा को बारेमा केहि नसोधोस हुन्थ्यो । दाई ले धेरै साथिहरुलाई यो घटना सुनाउनु भएको छ। त्यो बेलामा म । डरले कक्रक्क हुन्थे । अहिले पनि मलाई त्यो बेलाको अतास ले खङ््रङ्ग बनाउने गरेको छ ।

प्रदिप आत्रेय (हंगकंग } 27 जुलाई 2014

कुरा त्यस्तै २०४८/४९ साल तिरको हो ।पाल्पा बसपार्क मा मेरो बुवा र मामा मिलेर शर्मा होटल चलाउहुन्थ्यो । त्यतिबेला म कक्षा २ मा पड्थे । मेरो दाई ले पाँच काक्षामा ।  



तिनि ताक बिद्यालय हरुमा मंसिरमा परिक्षा भयेर रिज़ल्ट सम्म ऐक डेड मैनै छुट्टि हुन्थ्यो।त्यहि छुट्टिमा दाई र म पाल्पा गयौ। पाल्पा जाँदा माझाघर माईला बा र दाजु करुणाकर का साथै गएका थियौ। गुल्मि आँपचौर को खर्बाङबाट पाल्पा को गन्तव्य लाई निसाना बनाएर यात्रा शुरु भयो। बिचबिच मा भेटिने सबै बजार कति रमाईला। म सानों भएर होला खैरेनि देखि हिड्नै सकिन । सुक्क सुक्क गर्दै जेन तेन लतारिएको थिए। माईला बा ले थाहा पाई हाल्नु भो। बिचरा उहाँ कति मोटों हुनुहुन्थ्यो ।आसाम हिड्नु भाकोले झोला पनि थियो। तर पनि मलाई डेड दुई घण्टा त्यहि झोलामाथी राखेर बोक्नु भो । उहाले लगाएेको त्यो गुन भुल्न पनि सकेको छैन, तिर्न पनि संकेको छैन। उहाँ मेरो दिलमा सधै आदरणीय बनेर रहिरहनु भएको छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment