एमआरपी आवेदन संकलन शिविरको दोश्रो चरण सम्पन्न

खगेन्द्र कार्की, कतार साउन ३।
मेसिन रिडेवल पासपोर्ट (एमआरपी) आवेदनमा कतारस्थित ने पाली दुतावासमा बढेको चापलाई न्युनिकरण तथा सहजीकरण गर्न गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सञ्चालित शिविरले दोस्रो चरण सफलतापूर्वक पार गरेको छ । हस्तलिखित राहदानीको प्रयोगमा बन्देज हुने दिनहरु नजिकिँदै गर्दा कतारमा कार्यरत चार लाख बढी श्रमिकको राहदानी वितरणका निम्ति आवेदन संकलनमा उत्पन्न कठिनाईलाई न्युनिकरण तथा सहजीकरण गर्न एनआरएनए एनसीसी कतारको संयोजन, कतारस्थित नेपाली एम्बेसीका पदाधिकारीको उपस्थिति तथा कतारमा स्थापित विभिन्न संघसंस्थाको सहयोगमा गत ४ जुलाई र १८ जुलाई गरी दुई पटक सम्पन्न भइसकेको छ । एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्कीले दिएको जानकारी अनुसार दुई चरणसम्म सञ्चालन भईसकेको सो शिविरबाट पाँचसय भन्दा बढी सेवाग्राहीले सेवा पाइसकेका छन् । कतारस्थित नेपाली राजदुतावासको पहुँच बाहिरका नेपाली श्रमिकको हितमा नेपालीहरुको साझा संंस्थाको हैसियतवाट एनआरएनए एनसीसी कतारको समन्वयमा आयोजित सो कार्यले सबैतिरबाट प्रशंसा बटुलेको छ । सन् २०१५ को नोभेम्वरसम्ममा हस्तलिखित पासपोर्ट एमआरपीमा स्थानान्तरण गरिसक्नुपर्ने वाध्यकारी नियमका कारण विदेशमा रहेका नेपालीहरु चिन्तित भईरहेका छन् । यो अवस्थामा एनसीसी कतारले गरेको यो अभियानले ठूलो राहत मिलेको सेवाग्राहि तथा सामाजिक अगुवाहरु बताउँछन् । एमआरपीको समस्या समाधान गर्न नेपाली राजदुतावासले टोली पठाएको खण्डमा कतारको जुनसुकै क्षेत्रमा शिविर सञ्चालन गरी नेपालीहरुलाई लाभ पु¥याउन एनसीसी कतार तयार रहेको एनसीसी कतारले जनाएको छ । हाल सञ्चालन भईरहेको शिविरलाई सफल बनाउनका लागि अरखोरमा रहेको नेपाली युवाहरुको संस्था संन्ध्या गु्रपले विशेष सहयोग गरिरहेको कुरा एनसीसी कतारले जानकारी दिएको छ । एनसीसी भन्छ– कतारमा स्थापित विभिन्न प्रकृतिका सामाजिक संघसंस्थाहरुको सहयोगले अभियान सफल भएको हो । नेपाली राजदुतावासले पनि शिविरमा दुतावासका कर्मचारीहरु पठाएर आवेदन वुझ्न गरेको कार्य प्रशंसनिय भएको र त्यसप्रति एनसीसी कतार कृतज्ञ रहेको एनसीसी कतारका पदाधिकारीहरु वताउँछन् । यसका अलावा एनसीसी कतारले नेपालीहरुको हितलाई ध्यानमा राखेर नेपाली र ाजदुतावास कतारमा परामर्श केन्द्र स्थापना गरेको छ । सो परामर्श केन्द्रवाट दैनिक ३ सय भन्दा बढीले राहदानी र श्रम सम्वन्धि समस्याको परामर्श र सहयोग लिई लाभान्वित भईरहेका छन् 





Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment