गोविन्द ढकाल अबुधाबी, यु ए इ, २९ जुलाई २०१४ नेपाली जनसम्पर्क समिति युएईले जननायक स्व. बिपी कोइरालाको जन्म सताब्दी अबुधाबीको अरब उडुपी रेस्टुरेन्ट मा नेपाली राजदुताबास का महामहिम राजदुत धन्नाजय झाको प्रमुख आथित्यता तथा नेपाली जनसम्पर्क समिति यु ए इ का सभापति चित्र केसीको सभापतित्व मा भव्यताका साथ मनाएको छ । महान सहिदहरु प्रति १ मिनेट मौन धारण लगत्तै जननायक स्व. बीपी कोइर्रालाको तस्बिरमा पाली पालो फूलमाला र अबिर माल्याप्रण गरि सुरु भएको उक्त कार्यक्रमको अथितिहरु मा नेपाली राजदुताबासका तिर्तीय सचिब कृष्ण प्रसाद लाम्साल,एनाआरएन एनसीसी का अध्यक्ष कृष्ण भुसाल हेल्पिंग नेपालका अध्यक्ष शर्मिला मैनाली, विभिन्न संघ सस्था का प्रमुख तथा प्रितिनिधिहरु,लगायत जन्संपर्क समितिका केन्द्रीय तथा क्षेत्रिय पदाधिकारी तथा सदस्यको उपास्थिति रहेको थियो । नेपाली जनसम्पर्क समिति का उप-सभापति भुवानी प्रसाद तिमिल्सिनाले उपस्थित सम्पूर्ण अथितिहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नै बिपी जन्म सताब्दी मनाउने कार्यक्रम अनुसार नेपाली जनसम्पर्क समिति यु ए इ ले यो कार्यक्रम आयोजना गरेको बताए साथै मन्तब्यकै क्रममा बिपी को चिन्तन र बिपी ले देखाएको प्रजान्त्रको बाटो विश्वले अनुसरण गरेको पनि उल्लेख गरे । तेस्तै उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि महामहिम राजदुत धनन्जय झाले बिपीलाइ आफुले सानो उमेरमा भेट गरेको र उहा जस्तो असल नेता अहिले सम्म मुलुकले पाउन नसकेको र उहाको जन्म सताब्दिलाई नेपाल सरकारले नै राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए. साथै यूएईमा पनि सबै नेपाली संघ सस्थाले बीपीको जन्म सताब्दीलाइ बृहत रुपमा मनाउदा राम्रो हुने र त्यसको संरक्षक आफु हुन् पनि तयार रहेको भनाइ राखेका थिए | साथै उक्त कार्कक्रममा नेपाली राजदुताबास यु ए इ का तिर्तिय सचिब कृष्ण प्रसाद लम्साल आफ्नो कार्यकाल सम्पन्न गरि नेपाल फर्कन लागेकोले उहाले यु ए इ मा रहदा गरेका रम्रॉ कामको प्रसंशा गर्दै उक्त कार्यक्रमका सभापति तथा प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै बिदाई गरिएको थियो । कार्यक्रम को अन्तमा सभापति केसीले बीपीको जीवनी र प्रजातान्त्रिक आन्दोलान्मा बीपीले निभाएको भूमिका र नेपालीका राजनीतिक पार्टी, बिशेष गरि प्रजातन्त्र मान्ने सम्पूर्ण नेपालीहरु तथा सिंगो नेपाली कांग्रेसले बीपीको चिन्तन उनले अंगालेका प्रजन्त्रत्रिक बाटो अनुसार जान सक्यो भने मात्र बल्ल नेपाल र नेपाली जनताको सपना सकार हुने विचार राख्नु भएको थियो भने उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति यु ए इ का महामन्त्री बिमल तामांगले संचालन गरेका थिए ।




- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment