सेवासुबिधा बिस्तार गदै तम्घास अस्पताल

अनिल खत्री
गुल्मी १५ साउन,, जिल्ला अस्पताल तम्घासले आफ्ना सेवा सुबिधा बिस्तार गरेको छ । आवश्यकता अनुसारका कर्मचारीहरु नभएपनि जिल्ला अस्पताल तम्घासले आफ्ना सेवा सुबिधा बढाउदै गएको छ ।
जिल्ला अस्पतालले बिहीवार दातको उपचार सेवाको उद्घाटन गरेको छ । दातको उपचार सेवा उद्घाटन बिहीवार प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गर्नुभएको हो । जिल्लाको एक मात्र सरकारी अस्पताल तम्घास अस्पतालले दातको उपचार शुरु गरेकाले महङ्गो मुल्य तिरेर बाहिर उपचार गदै आएका बिरामीहरुलाई यसले ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी ढकालले दात उपचार सेवाको उद्घाटनमा बताउनुभयो । दातको उपचार गर्ने डाक्टर दिब्या भुसालले आफु १ जना मात्र भएको भएपनि जिल्ला अस्पतालमा दातको समस्या लिएर आउने बिरामीहरुलाई राम्रो सेवा सुबिधा उपलब्ध गराउने बताउनुभयो । दातको उपचार सेवाको उद्घाटन गर्नुभएका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको दातको उपचार पनि गरिएको थियो । यस्तै जिल्ला अस्पताल तम्घासले केही दिन अगाडि पनि बिभिन्न सेवा सुबिधाहरु थप गरेको थियो । २०२८ सालको पुरानो दरवन्दी भएपनि जिल्ला अस्पतालमा आउने बिरामीहरुका लागि मध्यनजर गदै केही सेवाहरु बढाइएको अस्पताल बिकस समिती गुल्मीका अध्यक्ष बिर बहादुर कार्कीले बताउनुभयो । जिल्ला अस्पतालको दरबन्दीको कुरा गर्ने हो भने त धेरै नै खाली छ तर पनि अस्पताल विकास समिती र हामी डाक्टरहरु बिच छलफल गरेर केही सेवाहरु बढाएका छौ डाक्टर नेपालले भन्नुभयो ।

एकजना ल्याव टेक्निसियन मात्र रहेको जिल्ला अस्पत्ताल तम्घासमा अहिले चौविसैघण्टा ल्याव सेवा शुरु गरीएको छ भने दरबन्दी भएपनि नियमित रुपमा हाजिर नभई काजमा बाहिर बसिरहने एक रेडियोग्राफर र डार्क रुम असिस्टेन्ट रहेको अस्पत्तालमा चौविसघण्टा एक्स–रे सेवा शुरु गरीएको छ । यसबाहेक चौविसै घण्टा रक्तक्षेपण, दाँत उपचार सेवा, गुणस्तरीय एक्स–रे, माईनर सर्जरी लगायतका सेवाहरु र साझा औषधी पसलको सेवा सुविधा बनाईएको अस्पत्ताल विकास समितिका अध्यक्ष विर बहादुर कार्कीले जानकारी दिनुभयो । गुणस्तरीय ईमर्जेन्सी सेवा थप गर्नुका साथै अस्पत्तालको सरसफाई समेत सुधार गरीएको कार्कीले बताउनुभयो । जिल्ला अस्पत्तालले कतिपय सेवामा सेवाशुल्क बढाएको भन्दै आलोचना भएपछि सेवाहरु बढाएकोले शुल्क बढेको जनाएको छ । तम्घास अस्पत्ताल विरामीको अत्यधिक चापहुने जिल्लाहरु मध्येको एक जिल्ला हो । तम्घास अस्पतालमा गत आर्थिकवर्षको जेठसम्म ११ महिनाको अवधिमा तम्घास अस्पत्तालले ६५ हजार ५ सय १३ जना विरामीले ओपिडी सेवा लिएकोमा २ हजार ८ सय ९८ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । विरामीको चाप अध्यधिक रहेको अवस्थामा सेवाहरु सुधार गर्दै लगिएपनि २०२८ सालको दरवन्दी अनुसारका कर्मचारी हुँदा सेवा प्रवाहमा निकै समस्या परेको डा. शुरेश नेपालको भनाई छ । ‘२०२८ सालमा स्थापना हुँदाको १५ बेड र उतीबेलाकै दरवन्दीमा पनि पूरा कर्मचारी छैनौँ,’ नेपालले भन्नुभयो “ ३ जना डक्टरको दरबन्दीमा १ जना, १ जना ल्याप टेक्निसीयन, २ जना अहेव, २ अनमी, १ डार्क रुम असिस्टेन्ट, र १ स्टोरकिपर मात्र रहेका छन् ।” दरबन्दी अनुसार २ जना डाक्टर, १ जना हेल्थ असिस्टेन्ट, ४ जना स्टाफ नर्स, १ मेडिकल रेकर्डर, २ ल्याव असिस्टेन्ट, १ स्टोरकिपरको पद रहेपनि लामो समयदेखि ति पदहरु खाली छन् । १ जना रेडियोग्राफरको पदमा रहेका व्यक्ति ६ महिनामा एकपटक आएर तलव मात्र बुझेर जाने गरेको अस्पत्ताल श्रोतले जनाएको छ । अस्पत्तालले १ अनमी, १ सिएमए, १ ल्याव १, ड्राईभर, १ कर्मचारी र ५ कार्यालय सहयोगी गरी १० जना अस्पत्ताल विकास समितिले थप गरी काम सञ्चालन गरिरहेको छ । जम्मा १५ बेडको अस्पत्तालमा विरामीको चाप बढी भएको कारण कुरुवाका लागि समेत राखिएका बेडहरुमा दैनिक औषत २० भन्दा बढी विरामीहरु भर्ना गरेर उपचार गर्ने गरीएको अस्पत्तालले जनाएको छ । दातको उपचार सेवाको पहिलो दिन १० जनाले सेवा लिएको बताइएको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment