रमेश खरेल भरतपूर सरुवा, सर्वेन्द्र खनाल आइजीपी सचिवालयमा

प्रहरी प्रधान कार्यालयद्वारा ३७ एसएपीको सरुवा (सूचीसहित)

२०७१ भदौ ३० गते 

३०, भदौ काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा हेरफेर गरेको छ ।
रमेश खरेल
रमेश खरेल
महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा उत्तम कार्की यथावत रहेका छन् भने अपराध महाशाखामा पुष्कर कार्कीलाईनै कायम गरिएको छ । रमेश खरेल र बिजयलाल कायस्थलाई हेडक्वार्टरले तानेपछि कार्कीद्धय हनुमानढोकामा गएका थिए ।
खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपूर सरुवा गरिएको छ । रमेश खरेलकै ब्याजी अर्का एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उनले सम्भवतः प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।
यसअघि उनकै स्थानमा रहेका प्रवक्ता गणेश केसी भने अन्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा छन् ।
कायस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कायम गरिएको छ । यादवराज खनाललाई अख्तियारमा सरुवा गरिएको छ ।

कसको कहाँ सरूवा ?

SSp-Saruwa-list


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment