त्रिशुलीपूर्वको मतगणनामा नेपाल प्यानलको अग्रता

जसले जिते पनि एक सयभन्दा बढी फरक नहुने संकेत

२०७१ असार ३० गते 
३० असार, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाका लागि आधाभन्दा बढी मत गनिसक्दा माधवकुमार नेपालले एक पदाधिकारीबाहेक सबै १३ पदमा आफ्नो प्यानलको अग्रता दिलाएका छन् । बुथ नम्बर १,२ र ३ को १२ सय ९१ मतगणना गरिसक्दा नेपालले ६ सय ४१ र केपी ओलीले ५ सय ९३ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ ।
पाँचै उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि नेपाल पक्षले अग्रता लिएको छ भने पाँच सचिवमध्ये ओली पक्षका प्रदीप ज्ञवाली बाहेक चारैजना नेपाल पक्षका अगाडि छन् । मेचीदेखि नारायणीसम्मको मतगणना गरिसक्दा माधव नेपाल पक्षले अपेक्षित अग्रता लिएको छ । तर, सोचेअनुरुप अग्रता लिन नसक्दा गण्डकी पश्चिमको मतमा ओली पक्षले नेपाललाई चुनौती दिने सम्भावना छ ।
vote-counting-uml
हालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, वागमती, उपत्यका, नारायणी, केन्द्रीय कमिटी, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय निकाय र भातृ संगठनहरुको मतगणना लगभग सकिएको छ । अब गण्डकी,, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अब करिव ८०० मत गन्न बाँकी छ ।
गण्डकी, लुम्बिनी, भेरी र राप्तीमा ओली पक्षले अग्रता लिने अपेक्षा गरेको छ भने सेती, महाकाली र कणर्ालीमा नेपाल पक्षले अग्रता लिने अपेक्षा गरिएको छ । प्रवासको मतमा दुवै पक्षको अन्तर दुईमात्र देखिन्छ । अध्यक्षमा कम्तिमा ३५ मत दुबैलाई नदिएको अवस्थामा खाली भेटिएका छन् भने महासचिवमा पनि केही मत त्यस्ता भेटिएका छन् ।
त्रिशुली र नारायणी पूर्वको मत गणनापछि केहीबेर पदाधिकारीको गणना रोकेर केन्द्रीय सदस्यहरुको मतगणना शुरु भएको छ । दुबै मतगणना एकैपटक सकेर अन्तिम नतिजा निकाल्का लागि यसो गरिएको हो । मतगणनामा सहभागीका अनुसार अधिकांश मत प्यानलमा खसेका कारण जसले अध्यक्ष जित्छ केन्द्रीय कमिटीमा उनी प्यानलका अधिकांशले जित्ने अवस्था देखिएको छ । हालसम्म १२ सय ९१ मत गणना भइसकेका छन् । अब करीव ८ सय मत गन्न बाँकी छ । जसले जिते पनि एक सयभन्दा माथिको फरक नहुने संकेत देखिएको एक नेताले बताए ।

यस्तो छ मत परिणाम-

अध्यक्षमाधवकुमार नेपाल६४१केपी ओली५९३
उपाध्यक्षयुवराज ज्ञवाली६८८वामदेव गौतम६३६
अष्टलक्ष्मी शाक्य६७३ विद्या भण्डारी६३०
 भीम रावल६९०प्रदीप नेपाल५८०
राजेन्द्र पाण्डे६६३किरण गुरुङ५७२
लालबाबु पण्डित६५५धर्मनाथ साह५४४
महासचिवसुरेन्द्र पाण्डे६६२र्इश्वर पोखरेल५८६
उपमहासचिवघनश्याम भुषाल६९४बिष्णु पौडेल६१८
रघुजी पन्त६३२शंकर पोखरेल५९१
सचिवगोकर्ण विष्ट७७६प्रदीप ज्ञवाली६४१
परशुराम मेघी गुरुङ७७६पृथ्वीसुब्बा गुरुङ५८२
योगेश भट्टराई६८७बिष्णु रिमाल५७१
भीम आचार्य६६४रघुवीर महासेठ५३२
बेदुराम भुसाल६३०केशवलाल श्रेष्ठ५०५


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment