आज गाइजात्रा पर्व मनाइँदै

२०७१ साउन २६ गते
२६ साउन, काठमाडौं । सास्कृति पर्व गाइजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
उपत्यकाका तीनै सहरमा मनाइने साँस्कृतिक उत्सवको रुपमा रहेको गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म मनाइन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आ-आˆना इलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुहरुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा चलिआएको छ । सोही प्रचलन अनुसार आज दिनभर मानिसलाई गाइको स्वरुप बनाएर बजार परिक्रमा गराइन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
पुत्रशोकले विहृवल भएकी आˆनी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ-आˆनो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप गाईजात्राको प्रचलन चलेको जनविश्वास छ ।
गाइजात्राको अवसरमा सरकारले उपत्यका विदा दिएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment