प्रहरीले घाटबाटै उठायो महिलाको लास

विराटनगर : घरमा काम गर्ने क्रममा अचानक अचेत भएर ढलेको केही समयपछि मृत्यु भएकी मोरङको पोखरीयाकी एक महिलाको लास प्रहरीले सोमबार राती घाटबाटै उठाएर पोष्टमार्टमका लागि ल्याएको छ । मृत्यु संकास्पद भन्दै प्रहरीले मोरङको पोखरीया ७ की २८ बर्षीय सवितादेवी विश्वासको सव घाटबाटै राती १० बजे उठाएको हो।
आफन्तले घाटमा लगेर दाहसंस्कार गर्ने तयारी गरिरहेका बेला प्रहरीले दाहसंस्कार गर्न रोक लगाउँदै विश्वासको लास उठाएर पोष्टमार्टमाका लागि विराटनगर ल्याएको हो। घरमा काम गर्ने क्रममा उनी सोमबार दिउँसो तीन बजे बेहोस भएर एक्कासी ढलेकी थिइन। बेहोस भएको केही समयपछि नै उनको मृत्यु भएको परिवारले जनाएको छ।
मृत्यु भएको पाँच घण्टापछि आफन्तले उनको सव अन्तिम दाहसंस्कार गर्नका लागि घाटमा पुर्‍याएका थिए। मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलका अनुसार एक जना महिलाको अचानक मृत्यु भएको र रातको समयमा घाटमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको भन्ने सूचना स्थानीय बासिन्दाले राती ९ बजे दिएपछि प्रहरी टोली परिचालन गरेर घाटबाटै लास उठाएर ल्याइएको हो।
' स्थानीयले दिएको सूचनालाई आधार मान्दा मृत्यु संकास्पद भएको पाइएपछि पोष्टमार्टमका लागि लास उठाएर अस्पतालमा ल्याइएको हो', एसपी पोखरेलले भने, ' पोष्टमार्टम गरेर मंगलबार लास दाहसंस्कारका लागि आफन्तलाई बुझाएर घटनाको अनुसन्धान सुरु गरिएको छ।' प्रहरीका अनुसार विश्वासको कोशी अञ्चल अस्पताल विराटनगरमा मंगलबार पोष्टमार्टम गरिएको छ। स्थानीय बासिन्दाले महिलाको मृत्यु विष सेवनबाट भएको आशंका गरेका छन्। प्रहरीले घटनास्थलबाट भने विष सेवन गरेको कुनैपनि प्रमाण भेट्न सकेन।
महिलाको मृत्यु संकास्पद भएको भनिएपनि त्यो विषयमा मंगलबार दिउँसो सम्म जिल्ला प्रहरी कार्यालयमा कुनैपनि जाहेरी नपरेको एसपी पोखरेलले बताए। प्रहरीले महिलाको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गर्न लास ल्याएर आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ, पोखरेलले भने। उनका अनुसार विष सेवन गरेर मृत्यु भएको भएपनि लासको पोष्टमार्टम गर्नु पर्ने कानुनी मान्यता छ।
मृतकका पति विद्यानन्द विश्वासले पत्नीलाई न्युन रक्तचापको समस्या रहेको बताए। ' सवितादेवीलाई केही समयदेखि न्युन रक्तचापको समस्या थियो', पति विद्यानन्दले भने, 'त्यही कारण काम गर्दा गर्दै एक्कासी ढलेर मृत्यु भयो । उनले पत्नी सवितादेवीको मृत्युको कारण न्युन रक्तचाप बाहेक अरु नभएकोपनि बताए।
प्रहरीले न्युन रक्तचापका कारण मृत्यु भएको भएपनि खवर नगरिकन र रातको समयमा दाहसंस्कार गर्न लागेपछि घटना संकास्पद भएकाले पोष्टमार्टमका लागि लास उठाएर ल्याइएको बताएको छ।
'कालगतिले नभइकन एक्कासी मृत्यु भएको र रातको समयमा दाहसंस्कार गर्न लागिएपछि घटना संकास्पद लागेर पोष्टमार्टमका लागि महिलाको लास ल्याइएको हो', पोखरेलले भने, ' पोष्टमार्टम रिपोर्ट नआउनजेल सम्म मृत्युको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन।' मृत्यु संकास्पद लागेका कारण केही आफन्तलाई प्रहरीले निगरानीमा समेत राखेको जनाएको छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment