पक्राउ गर्दा रिहा हुने भएपछि चरीको लिला समाप्त
२३ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालगञ्जमा भएको १८ वर्षीया युवतीको सामुहिक बलात्कारमा सलग्नहरूलाई पनि राजनीतिक संरक्षण दिएर छुट्टाउने डर रहेको बताएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै केसीले नेपालमा कोही मार्नु, मारिनु स्वाभाविक घाम लाग्नु जस्तो पानी आउनु जस्तो भएको बताए ।
गैरन्यायायीक हत्यालाई सत्तारुढ पार्टीभित्र संरक्षण दिने गरेको भन्दै उनले भने-’बाँकेको घटना पनि सबैभन्दा ठूलो डर के भयो भने ती ड्राइभर र सहचालकहरु कहिँ कतै सत्ताधारी पार्टीको नजिक भएको भए कार्यकर्ता भएको भए उनीहरु छुटिहाल्छन् भन्ने डर छ ।’
प्रहरी मुठभेडमा मारिएका दिनेश अधिकारी ठूलै पार्टीसँग सम्वन्धित मान्छे भएको भन्दै उनले पक्राउ गर्दा छुट्ने भएपछि मारिएको बताए ।
‘प्रहरीलाई के भो भने दिनेशलाई खोजी रहेको बेला त्यही पार्टीको गृहमन्त्री । त्यहाँ लगेर थुन्यो भने त तुरुन्तै रिहा हुने’ उनले भने-’लिला समाप्त गरेपछि गृहमन्त्रीको आदेशले उ छुट्ने कुरा भएन । उसलाई सँधैका लागि छुट्टी दिएपछि त उम्की हाल्यो ।’
राष्ट्रिय जनमोर्चाका सभासद केसीले गैरन्यायीक हत्याको सिलसिला नयाँ नभएको बताए । ‘जब आफैंलाई पर्छ, आफ्ना पार्टीका कार्यकर्तालाई पर्छ, हामीलाई रिस उठ्छ’ केसीले भने-’जब अर्को पार्टीबाट त्यस खालको स्थिति आउँछ हाम आँखा चिम्लिएर बस्छौं ।’


0 comments:
Post a Comment