तीज मनाउन माइती आएकी जमुना र दुई छोरी पहिरोमा पुरिए

पर्वत : अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा पर्वतको कुश्मामा दुईजनाको मृत्यु भएको छ। तीज मनाउन माइत आएकी जमुना पौडेल र उनका दुई छोरी पहिरोमा पुरिएका हुन् । बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ। पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको छ भने एक जना बालिका अझै बेपत्ता छन्।
कुश्मा नगरपालिका १८ पकुवाका हरिलाल चापागाईको घर पहिरोले पुर्दा बेपत्ता भएकी उनकी छोरी २८ वर्षीया जमुना पौडेल र जमुनाकी ७ वर्षीया छोरी जेनिकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए। पहिरोमा पुरिएकी जमुनाकी ४ वर्षीया छोरी जस्मिनको खोजी कार्य जारी छ। सोही पहिरोमा पुरिएकी हरिलालकी ५८ वर्षीया श्रीमती पुतली चापागाईको भने जीवितै उद्दार भएको छ। उनको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ। अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरो गएको स्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीको नेतृत्वमा नेपाली सेना, सशस्त्रा प्रहरी र जनपद प्रहरी राहत र उद्दारमा सक्रिय छ। अहिले उद्दारको काम भैरहेको र रेडक्रसमार्फत केही राहतका सामाग्री पुगेको प्रजिअ ज्ञवालीले बताए। जमुना तीजमा दर खानका लागि दुई छोरी लिएर मंगलबार साँझ माइतीमा आएकी थिइन।
घरधनी हरिलाल चापागाई खेतमा पानी मार्न गएका कारण उनी भने जीवितै रहेका छन्। बिहान ७ बजेको समयमा घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएको थियो। उक्त गाउँमा जाने सबैजसो बाटाहरू पहिरोले अवरुद्ध भएका कारण उद्धारमा थप कठिनाइ भएकेा स्थानीयले जानकारी दिएका छन्। पहिरोमा परी गोरु, बाख्रा र पाडो समेत मरेका छन्।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment