कपिलदेव खनाल
नुवाकोट, ५ भदौ । छिमेकीको हत्या गरेर फरार रहेकी एक महिलालाई नुवाकोट प्रहरीले बुधबार पक्राउ गरेको छ । ०७० फागुनमा छिमेकीलाई हत्या गरेर फरार भएकी ओखरपौवा गाविस-३ की रामकुमारी तामाङलाई प्रहरीले ककनी गाविसबाट पक्राउ गरेेको हो ।
०७० फागुन २८ गते स्थानीय माइते तामाङको हत्या गरेको अभियोगमा रामकुमारी विरुद्द कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालत नुवाकोटमा मुद्धा विचाराधीन रहेको छ ।
प्रहरीले पक्राउ गरेलगत्तै रामकुमारीलाई जिल्ला अदालत नुवाकोटमा बुझाएपछि अदालतको आदेशमा अहिले पुर्पक्षको लागि जिल्ला कारागार नुवाकोटमा पठाइएको छ ।
0 comments:
Post a Comment