प्रेम सुनार
गुल्मी, भदौं–१३ । प्रकृतिको त्यो अचम्म लाग्दो दृश्य व्यापक प्रचार हुन सके संसार भरका प्राकृतिक उपासकहरुको ओईरो लाग्न सक्ने गुल्मीको अचम्मेश्वर गुफा ओझलमा परेको छ । ग्वादी–५ स्थित कालिगण्डकी नदीको तटमा रहेको अचम्मेश्वर गुफा वरी परी साँच्ची नै अचम्म लाग्दा आकृतिहरु छन् । शिव लिङ्ग लगायतका अन्य विचित्र आकृतिहरु हेर्दा हिन्दु धर्म ग्रन्थमा उल्लेख भएका कुराहरुमा सत्यता छ भनेर बिश्वास राख्न सकिन्छ ।
कालिगण्डकी नदी किनारमा अवस्थीत उक्त गुफा वरी परीका आकृतिहरु प्रकृतिको साच्ची कै वरदान भएको त्यस गुफाको प्रचारमा अगुवाई गरेका स्थानियवासी श्रीधर कुँवर बताउछन् । हाल भारतमा रहेर ईन्टरनेटको माध्यमद्धारा प्रचार गरी रहेका कुँवर त्यस अचेम्मेश्व गुफालाई आगमी दिनमा अर्घाखाँचीको सुपा देउराली र भारतको अमरनाथ बनाउने सपना साँचेका छन् । त्यहाँको धार्मिक विचित्रतालाई व्यापक गर्न सके साँच्ची नै अचम्मेश्वर अमरनाथ भन्दा कम नहुने देखिन्छ ।
अनकन्टार भिर तल निलरह कालिगण्डीकी भएका कारण वर्षायाममा त्यहाँ जान सकिदैन् । वराह पुराणहरुमा समेत उल्लेख अचम्मेश्वर गुफामा परापुर्वकाल देखि बुढापाकाहरु पुजा गर्न जाने गरेको तर संरक्षणमा जुटेको भने ८÷ ९ वर्ष अघिबाट हो भनछन् अचम्मेश्वर शिला संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी ज्ञवाली ।
उनि भन्छन्–‘ यस्तो अचम्म लाग्दो र सत्य युगको ृ यथेष्ट प्रमाण फेला पर्दा पनि ओझेलमा परेको छ, व्यापक प्रचार गरी दिनु प¥यो । ’ सचिव गिरबहादुर कुँवर र कोषाध्यक्ष राजु कुँवरले पनि ओझेलमा परेको भन्दै व्यापक प्रचार प्रशार गरी दिन सञ्चार माध्याम संग आग्राह गर्दछन् । भारतको पुनामा रहेका श्रीधर कुँवरले गुल्मेलीेलाई मात्र होईन् देश कै गौरव भएको भन्दै सम्पुर्ण देशवासीलाई त्यसको विकासका लागि सहयोग गर्न अपिल गर्दछन् ।
उनले फेशवुक पेज अचम्मेश्वर खोलेका छन् । उनले धधध। कजचभभ बअजबmmभकजधयच मार्फत त्यस अचम्मेश्वरको भिडियो समेत हेर्ने व्यवस्था मिलाएका छन् । त्यस्तै त्यसको विकासका लागि सहयोग गर्न चाहने महानुभावका लागि त्यसैको नाममा बैंक खाता समेत खोलेका छन् । उनले दिएको खाता नम्वर यस्तो रहेको छ – कजचभभ बअजजmmबmmभकजधयच कजष्बि लय ण्ण्द्दण्छज्ञठण् अ
वल्ल एलडियोको आँखा प¥यो
संवन्धीत निकायबाट ओझेलमा पर्दै आएको अचम्मेश्वर गुफामा अघिल्लो आर्थिक वर्षमा वल्ल ग्वादी मैं घर भएका गुल्मीका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको आँखा प¥यो । उनको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट ५ लाख रुपैयाँ पारेर त्यहाँ पुग्ने बाटाको काम सुरु भएको छ । समितिका अध्यक्ष ज्ञानहरी ज्ञावाली भन्छन् –‘ यहि घर हुनु भएका एलडियो सावको पहलमा काम सुरु भएको तर पुरा काम हुन सकेन् ।
रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति मार्फत सुरु गरिएको बाटो निमार्ण कार्य थप रकमको अभावमा अलपत्र परेको समितिका प्रवन्धक श्रीराम गौतम बताउँ छन् । उनले भने–‘ नदिको तटबाट जग उठाएर पर्खाल निर्माण भएको छ तर रकम अभावका कारण गुफा सम्म पुग्ने भ¥याङ्ग बनाउने काम अलपत्र परेको छ ।’
उक्त निर्माण कार्यको जिम्मा लिएका रिडीका फर्शुराम पौड्यालले पनि रकम अभावका कारण ४० थान भन्दा बढि तार जाली त्यति कै राख्नु परेको बताए । गुफा संरक्षण समितिका सल्लाहकार रहेका नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति पारिश्वर ढकालका अनुसार २०५२÷०५३ सला देखि त्यस गुफामा शिवरात्रीको दिन मेला लाग्न सुरु गरेको हो ।
कालिगण्डीकी–ए परियोजना सुरु नगर्नु पुर्व पानीको वहावले त्यहाँ पुग्न सकिदैनथ्यो जव त्यो परियोजना सुरु गरेर नदिको पानी उता फर्काईयो तव भ¥याङ्ग हालेर त्यहाँ जान सकिने भएको हो ’–ढकालले भने । शिवरात्रीका दिन लगाईएको भ¥याङ्ग उसै दिन निकालेर थन्काईने भएकोले अघि पछि मानिसहरु त्यहाँ जान नसक्ने हुँदा सर्वसाधरण सम्म प्रचार हुन नसकेको ढकालको भनाई छ । उनले अलपत्र उक्त निर्माण कार्य सम्पन्न गर्न जिविस र मन्त्रालय दुवैको ध्यान जानु पर्नेमा जोड दिए ।
उक्त भ¥याङ्ग निर्माण हुन सके मात्र गुफामा कुनै पनि मौसममा कुनै पनि मानिस जान सक्दछन् । यस सम्वन्धमा ग्वादी–३ का वासीन्दा रहेका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले अघिल्लो वर्ष सरकारी रकमबाट सुरु गरिएको उक्त कार्य अलपत्र परेको प्रति चिन्ता व्यक्त गरे । उनले भने–‘ स्थानिय तहबाट सुरु गरिएको काम भए यहिवाट निरन्तरता दिन सकिन्थ्यो, मन्त्रालयबाटै सुरु भएकोले मन्त्रालय कै ध्यान जानु पर्ने हो । ’ उनले स्थानिय तहमा पनि छलफल अगाडी बढाउने र केन्द्रलाई पनि घच्घचाउने बताए । ज्ञवाली सानोमा आफुले त्यहाँ गुफा छ भन्ने सुनेको तर त्यहाँ पुग्न नसकेकोले एलडीयो भई आएर मात्र पुगेको बताए ।
तस्वीरमा त्यस अचमेश्वर गुफा भित्रका अनेकन विचित्रताहरु
0 comments:
Post a Comment