सुनकोशी थुनिएपछि लोडसेडिङ बढ्ने

०७१ साउन १८ गते ७:२७ मा प्रकाशित
१८ साउन, काठमाडौं। पहिरो झरेर सुनकोशी नदी थुनिएपछि सिन्धुपाल्चोकस्थित  जलविद्युत गृहबाट विद्युत उत्पादन नहुँदा दैनिक डेढ घण्टा लोडसेडिङ बढ्ने भएको छ ।
BhotekoshiFlood  (3)सुनकोशीबाट विजुली उत्पादन गर्ने केही विद्युतगृह डुबानमा परेपछि त्यहाँबाट विद्युत उत्पादनठप्प हुने अवस्था छ । नेपाल विद्युत प्राधिकरण निमित्त कार्यकारी निर्देशकरामचन्द्र पाण्डेले सिन्धुपाल्चोकका ५ वटा जलविद्युत गृह ठप्प हुदाँ राष्ट्रिय प्रसारण प्रणालीमा ६८ मेगावाट बिजुली घटेको जानकारी दिए ।
भोटेकोशी, सुनकोशी, सानिमा, चाकुखोलार भैरवकुण्ड जलविद्युत गृहबाट उत्पादन हुने ६८ मेगावाटबिजुली पहिरोको कारण बन्द भएको छ । भारतको रक्सौल, कटैया तथा रामनगरक्षेत्रबाट थप बिद्युत आयात गर्न नसकिए लोडसेडिङ डेढ घन्टा बढ्ने पाण्डेको भनाइ छ । ।
प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले तत्कालका लागि लोडसेडिङ नबढाएपनि आइतबार सुनकोशीको पहिरोको प्रभाव अध्ययन गरिने बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment