चरी मारिएको विषयमा रामकुमारी र राजेन्द्रवीच भनाभन

झाँक्री भन्छिन्- गुण्डालाई पालेर कस्तो राज्य बन्ला ?

२०७१ साउन २४ गते 
 
२४ साउन, काठमाडौं । डन दिनेश अधिकारी चरीको हत्याको विषयलाई लिएर एमाले नेत्री रामकुमारी झाँक्री र नेता राजेन्द्र पाण्डेवीच भनाभन भएको छ । पाण्डेसँग भएको विवाद रामकुमारीले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी छन् ।
Rajendra-ramkumari‘मैले धादिङका तीनैजना एमाले सभासदसँगको भेटमा चरीको हत्यालाई लिएर उत्तेजनामा नआउन भनेकी थिएँ, झाँक्रीले नेताहरुलाई भनेको कुरा जानकारी दिँदै अनलाइनखबरसँग भनिन्- ‘सामाजिक सञ्जाल हेर्नुहोस् पब्लिक जनमत चरीको नेगेटिभमा छ, त्यसैले गुण्डाको समर्थनमा उत्तेजनामा नआउनोस् । तर, तुलाधर यसमा कन्भिन्स भए पनि पाण्डेजीसँग भनाभन भयो ।’
पूर्वविद्यार्थी नेतृ झाँक्रीले गुण्डाको हत्याको विषयलाई लिएर संसदीय छानविनको माग गर्ने हो भने हाम्रो राज्य कस्तो बन्ला भन्ने प्रश्न गरिन् । सबै दलहरुले गुण्डालाई संरक्षण गरेको भन्दै यस्तो हुन नहुने उनले बताइन् ।
‘भोलि कुमार घैंटे मर्दा कांग्रेसले सदन तताउला, चक्रे मिलन मारिए भने एमालेको अर्को समूहले यसै गर्ला, गणेश लामालाई केही हुँदा विजय गच्छदारले संसदीय छानविनको माग गर्लान्, झाँक्रीले भनिन्- ‘गुण्डालाई यसैगरी वैधानिकता दिने र राजनीतिक संरक्षण गर्दै जाने हो भने हाम्रो राज्य कस्तो हुन्छ ?’
चुनावमा आफूलाई पैसा उठाएर सहयोग गरेको छ भने मृतकका परिवारलाई भेटेर सामान्य सहानुभूति जनाउनु बेग्लै कुरा भन्दै नेतृ झाँक्रीले भनिन्-’तर, सदनमै हंगामा गर्नुचाहिँ चित्त बुझ्दो कार्य होइन । डनलाई यसैगरी संरक्षण गर्ने हो भने पार्टीको आधारभूमि के हो ?’
Ramkumari-Status


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment