वर्षाले बागलुङका विभिन्न स्थानमा यातायात अवरुद्ध, स्थानीयहरु मर्कामा

अनिश गैरे वामी गूल्मी भाद्र ८
गएरातिको वर्षाले बागलुब्को विभिन्न स्थानमा यातायात सेवा अवरुद्ध भएको छ । बागलुबको हटिया देखि वामीटक्सार सम्मको सडकखण्ड गएरातिको वर्षासगैं ठाउँ ठाउँमा पहिरो गएपछि अवरुद्ध बनेको हो । वर्षाको कारण हटियाका विभिन्न ठाउँ तथा काँडेबासका विभिन्न ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध बनेसगैं स्थानीयहरु मर्कामा परेका छन् । हटिया अन्तर्गत पर्ने घट्टेखोलामा रहेको अस्थायी रुपमा बनाईएको बाँध पुरीदिएपछि सवारी आवतजावतमा समस्या भएको स्थानीय हिमाल बस्नेतले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो “यहाँ राखिएको पुल समेत जिर्ण भएको छ। पुल बाट आवतजावत गर्न सकिने अवस्था छैन् ।त्यसै माथि हिँजोको वर्षाले अस्थायी बाँध समेत पुरीदिएपछि त झनै समस्या भएको छ । त्यस्तै सोही वर्षाले नै हटियादेखि काँडेबासको बीचमा पर्ने विभिन्न स्थानमा पनिे क्षति पुर्याएको छ ।मोटरबाटोको भेलले स्थानीयहरुको खेत पुरीदिएको बताईएको छ । त्यस्तै काँडेबासमा रहेको पानी ट्याङ्की पनि पहिरोको जोखिममा परेको छ । उक्त पानी ट्याब्की पहिरोले बगायो भने स्थानीय वस्ति पनि जोखिममा पर्ने छ । उता दरमखोला लघुजलविद्युत परियोजना ३ को पनि नहर पनि पहिरोले क्षति पुर्याएपछि उक्त परियोजना अन्तर्गतको विद्युत सेवा अनियमित भएको छ ।




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment